म्यानमारमा फेरी ५.१ म्याग्निच्युडको भूकम्प



प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै आइतबार फेरि भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार मन्डलेबाट २८ किलोमिटर (१७.४ माइल) उत्तरपश्चिममा रहेको मट्टारा टाउनशिपमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

मट्टारा नजिकैको अमरापुराका एक बासिन्दाले बताएअनुसार यो मार्च २८ को भूकम्पपछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो।

म्यानमारमा फेरी ५.१ म्याग्निच्युडको भूकम्प

म्यानमारमा फेरी ५.१ म्याग्निच्युडको भूकम्प

हिजो मध्यराततिर म्यानमारमा ४.२ म्याग्निच्युडको अर्को भूकम्प रेकर्ड गरिएको थियो।

हालैका भूकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

यसैबीच, म्यानमारमा भूकम्पका कारण मृत्यु हुनेको संख्या थप बढेको छ। म्यानमारका सैन्य प्रमुखले करिब १,७०० जनाको मृत्यु भएको र करिब ३,४०० जना घाइते भएको बताएका छन्।





Source link

Leave a Comment