म्यानमारको भूकम्प अपडेट : मृतकको संख्या १० हजार पुग्नेसक्ने अमेरिकी भूगर्भ सर्भेक्षणको अनुमान

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

भूकम्पमा परेर १ हजार ६७० जना घाइते भएका त्यहाँका सैन्य अधिकारीहरुले बताएका छन ।

म्यानमारमा ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले म्यानमारमा मृत्यु हुनेको संख्या १० हजार नाघ्ने प्रक्षेपण गरेको छ ।

म्यानमारको भूकम्प अपडेट : मृतकको संख्या १० हजार पुग्नेसक्ने अमेरिकी भूगर्भ सर्भेक्षणको अनुमान

म्यानमारको भूकम्प अपडेट : मृतकको संख्या १० हजार पुग्नेसक्ने अमेरिकी भूगर्भ सर्भेक्षणको अनुमान

त्यहाँ भएको उच्च हताहती र व्यापक क्षतिले मृतकको संख्या १० हजार नाघ्नसक्ने अनुमान गरिएको अमेरिकी भूगर्भ सर्भेक्षणले बताएको हो ।

भत्किएका संरचनामा पुरिएका मानिसहरुलाई निकाल्नेक्रम त्यहाँ जारी रहेको छ । म्यानमारमा आएको भूकम्पले थाइल्याण्डमा पनि क्षति पुराएको छ ।

म्यानमारको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि अनुरोध गरेको छ ।

जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।

Source link

Leave a Comment