मौलिकता बिर्सेर तडकभडक : RajdhaniDaily.com


नागपञ्चमीदेखि हामीकहाँ चाडपर्व शुरु भएको र बसन्त पञ्चमीदेखि सकिएको मान्ने प्रचलन छ । यसो त नागपञ्चमीबाट हिउँद र बसन्तपञ्चमीदेखि बर्षा याम शुरु भएको मानिन्छ । तर आजकल यो भनाइ निरर्थक साबित भएको छ । ’cause हामी नेपालीहरुमा यति मजमस्ती गर्ने आदत भैसक्यो कि केही नपाए जन्मदिनको अवसरलाई पनि बिशाल पर्वका रुपमा मनाउने गरिएको पाइन्छ । खासगरी सहरिया संभ्रान्त वर्गका परिवारमा देखिएको सांस्कृतिक विचलनका कारण आम नागरिकका लागि चाडपर्व समस्या बनेर आएको देखिन्छ । हुँदा खानेका लागि बमह््रैमहिना, चौबिसै घण्टा चाडको समय बन्ने गरेको छ भने हुँदा खानेहरुले त्यसको नक्कल गर्नुुपर्दा आर्थिक पक्ष क्षयोन्मुख बन्दै गएको छ ।

चाडबाडको मौलिकतालाई पनि आजकल आधुनिकताका नाउँमा भित्रिएका नूतन शैली र अभ्यासले विस्थापित गरेका छन् । चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नु हुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । यी चाडपर्वहरुमध्ये तिज पनि एउटा महत्वपुर्ण पर्व हो । दुुई सातापछि हामीकहाँ तिजले प्रवेश पाउँदैछ । नेपाली बृहत् शब्दकोशले तिजलाई‘ नारीहरुले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ भनी अर्थाएको छ । भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ । पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह हुन नपरोस महादेवसगँ विवाह होस भन्ने पार्वतीको चाहनालाई सघाउन उनका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ । उनले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको विहे भै शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकोले यस दिनको सम्झनामा नेपाली चेलीहरुले तिजको नाचगान गर्न थालेका हुन भन्ने कहावत पनि छ ।

तिजलाई नारी विशेषको पर्व र यस अवसरमा गाइने गीतलाई महिलाले गाउने पर्वगीतका रुपमा हेरिएको छ । तिजकै अवसरमा गाइने हुँदा यस्ता गीतलाई तीजेगीत पनि भन्ने गरिएको छ । वर्षदिनसम्म मेलापात,घाँस दाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवम् विसंगतीलाई तिजको अवसर पारेर गीतका रुपमा अभिव्यञ्जना दिने गर्दछन् । गीतमा उनीहरुले प्रयोग गर्ने शब्द अभिधाभन्दा निकै पर लक्षणा र व्यञ्जनास्तरको हुन्छ । यसैकारण यस्ता गीतहरु यथार्थपरक र सुधारोन्मुख हुन्छन् । व्यंग्यात्मक शैलीका यस्ता गीतहरुमा सक्कली नेपालीपन पाइन्छ । नेपाली चेलीहरुको अन्तरमनको पीडाको प्रतिनिधित्वका हिसाबले यी गीतहरु अब्बल मानिन्छन् । सिर्जनाका दृष्टिकोणबाट हेर्ने हो भनै तत्क्षण गागरमा सागर भर्ने खालका यी गीतका स्रष्टा कुनै आसुकविभन्दा कम मानिदैनन् । यी गीतहरुलाई संग्रह गर्ने हो भने कुनै महाकाव्यभन्दा कम हुँदैनन् । यस्ता गीतहरुमा जीवन बोलेको हुन्छ, जगतको प्रतिनिधिव्त्व भएको हुन्छ । बेथिति र विसंगतिमाथि व्यंग्यवाण हुन्छ , सुधारका लागि प्रयाप्त गुञ्जायस रहन्छ ।

सभ्यता, संस्कृति र सन्देश लिएर आएका चाडबाड प्रायः सबै महिनामा पर्दछन्

नेपालमा दशौं सताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्वहरु मनाउन थालिएको हो । यस्ता चाडबाडहरु हामीकहाँ प्रायः सबै महिनामा पर्दछन । विना चाडको महिना पाउन मुस्किल छ । हामीकहाँ चलिआएका विभिन्न चाडपर्वहरुले एउटा सभ्यता, संस्कृति र सन्देश लिएर आएका हुन्छन् । आदिकालदेखि चल्दै आएको तिज पर्व भाद्र शुक्ल पञ्चमीसम्म ४ दिन मनाइने प्रचलन थियो । अहिले भने यसरी ४ दिनमा तिजलाई खुम्चाउन नसकिने अवस्था छ । शुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री बाहुनले बढी मनाउने र आदिवासी ,जनजातिले त्यति महत्व नदिने गर्दथे । तर अहिलेको मिश्रित वसाइका कारण सबैको साझा पर्वका रुपमा यसलाइ लिने गरिएको पाइन्छ ।

महिलाप्रधान चाड
तिजको मुख्य आकर्षण नै महिला हुन् । नेपाली महिलाले तिजमा ब्रत, उपवास र शिवजीको उपाशना गरी मनाउँछन् । शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । कुमार संभव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्यालाई चर्चा गरेका छन् । पार्वतीले व्रत बसेर उनको मनोकामना पुर्ण भएकोले अरु महिलाहरु पनि आ –आफ्ना मनोकामनासहित (अविवाहित नारीले असल पति पाउँ भनी तथा विवाहित नारीले पतिको चीरायूका लागि )व्रत बस्न थालेको जनश्रृति पनि पाइन्छ । तिजमा हाम्रा महिलाले बस्ने ब्रतलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना , व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रुपमा खाने अपाच्य खाना कति ठीक,कति बेठीक त्यसको समीक्षा भने हुन जरुरी छ ।

मौलिकता रहेन
परम्परादेखि मानी आएको तिजको पृथक पहिचान र मौलिकता छ ा तर विगतकोे विरासतलाई आजको तिजले धान्न सकेको छैन । ‘हुनेले मीठो मसिनो, नहुनेले पीठो मसिनो’ खाने पर्व थियो तिज । सात डाँडा पारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा,दाजुभाइ लिन गएर घरमा जम्मा गरी मीठो मसिनो खाने खुवाउने दिन थियो तिज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तिज । चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरु बेला नभए पनि यो बेला माइत पठाउनैपर्ने पर्व थियो तिज । सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरुलाई ।

तर आज यो अवस्था रहेन । भाद्र शुक्ला द्वित्तीयादेखि शुरु हुने तिज असारको हिलो फाल्दा नफाल्दै शुरु हुन्छ । सांगितिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तिजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपथ्र्यो ,अनि मात्र यसको महत्व हुन्थ्यो । तर आजकल जनैपुर्णिमासमेत नआउँदै तिजका कार्यक्रम आउन थालेका छन् । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिष्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटारजस्ता कुराले तिज महिलाको महान चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ । हुने खानेहरुलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान,जसले तिजै नआई तिज मनाउँछन् ।

तर हुँदा खाने नेपाली समाजका अन्य महिलाहरुलाई भने यो अनावश्यक तडक भडक र देखासिकीले नकारात्मक असर पार्ने भयो । बूढी मरी भन्नुभन्दा पनि काल पल्केकोमा चिन्ता लिनु पर्ने भयो । महिलाप्रधान मानिने तिजमा पुरषले धेरै गीत गाउनु,गीतमा मौलिकता मात्र होइन शिष्टता र भद्रता लोप हुनुजस्ता कारणले यो पर्वले मौलिकता गुमाउँदै गएको देखिन्छ । यो वर्ष बजारमा आएका‘ मायाको पोको’ तथा‘ बिस्तारले पोल्यो ’जस्ता अत्यन्त छाडा गीतहरु यसका उदाहरण हुन् । कम्तीमा पनि तिजे गीत एकाघरका परिवार सगोलमा बसेर सुन्न र हेर्न मिल्ने खालका आउनुपर्छ ।

नेपाली समाजमा रहेका चाडपर्वका मौलिकता विर्सिएर अनावश्यक तडक भडक र देखासिकी बढेको छ

आरम्भमा कुनै पनि चाडपर्वहरु भडकिला थिएनन् । यी चाडपर्वहरु एक आपसमा मिलेर , हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रुपमा मनाइन्थे । एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैनथिए । जनै पूर्णीमामा लोग्नेमान्छेहरु बढी हावी हुन्थे भने तिजमा महिलाहरु । तर आज के महिला के पुरुष दुबैले तीजमा नाचगान गरेको देखिन्छ । फेरि विगतकाजस्ता सटीक सामाजिक चित्रण गरिएका ,सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीतहरु आज कहाँ सुन्न पाउनु ? तिजे गीत सुन्दा लाग्छ यिनीहरु तिजमा छन् कि रत्यौलीमा । अर्थात् तिज, र रत्यौलीमा भेद छुटउन नसकिने अवस्था आयो ।

बढी खर्चिलो
तिज वर्षायाम सकेपछि पर्ने पर्व हो । उहिले उहिले तिजका लागि भनेर किसानहरु खानेकुरा संग्रह नै गरी राख्थे । खासगरी दुग्धजन्य पदार्थ यो बेला बढी खाने, खुवाउने चलन थियो । दही,दूधका अलावा घीउ प्रसस्त चाहिने हुँदा तिजका लागि भनेर बकेर्नु भैसी हुनेले साटफेर गरेरै वा किनबेच गरेर भएपनि लैनु भैंसी किन्थे । तर आज यो कुरा एकादेशको कथा बनेको छ । तिज शुरु हुनुभन्दा महिनौ अगाडिदेखि खाने र खुवाउने होडबाजी नै चलेको पाइन्छ । सबै पार्टी प्यालेस वा ठुला ठुला होटलहरु तिजमय बन्दैछन् । यसले गर्दा तिज खर्चिलो पनि बन्दै गएको छ ।

तिज हो वा रत्यौउली छुट्टाउनै नसक्ने गरी क्यासेटमा गीत घन्काएर छिमेकीलाई समेत असर पर्ने गरी कृत्रिम नाँचमा रमिता देखाउने कुचलन नै छ । हरेकजसो अड्डामा महिला कर्मचारीहरु दर खान वा खुवाउन गएकोले गैर हाजिर हुने गरेको वा पूरा समय सेवाग्राहीलाई नदिएको गुनासाहरु पनि सुन्नमा आउँछन । खानपानमा पनि तामसी भोजनलाइ महत्व दिइएको पाइन्छ । हामीले पुरातनदेखि मानी आएको तिजको वास्तविक मर्म यो थिएन र होइन पनि । माछा मासुसम्म त ठीकै होला, तारे होटलहरुमा खाने खुवाइने मादकपदार्थ (जाँड,रक्सी,बियर ) समेतको लतले तिजको पहिचान खोसिएको अवस्था छ , मौलिकता गुमेको छ ,जसलाई राम्रो मान्न सकिदैन । अझ कतिपय अवस्थामा त मादक पदाथर््ा सेवनकै कारण पारिवारिक विखण्डन समेत आउने गरेको छ । तारे होटलमा संभ्रान्त वर्गका महिलाहरुले मादक पदार्थ सेवन गरेर देखाउने गरेको सांस्कृतिक कार्यक्रम गर्नेलाई भन्दा देख्नेलाई लाज लाग्ने खालको छ । यस्तै अवस्था रहने हो भने आगामी पुस्ताले तिजको प्राकृतिक अवस्थासँग परिचित हुने मौका नै पाउने छैनन् ।

तिज हाम्रो मौलक पर्व हो । यसलाई सनातनदेखि जसरी शिष्ट, भद्र र अनुसासित ढंगले मनाउँदै आइएको हो , त्यसैलाई निरन्तरता दिनुपर्छ । चाडबाड नेपालीको पहिचान हो , संस्कृति हो र मौलकता जोगाउँदै यसको संरक्षण गर्नु आजको आवश्यकता पनि हो ।

(Visited 22 times, 1 visits today)





Source link

Leave a Comment