मोरङको रङ्गेलीमा आगलागी: २० घर जले

मोरङको रङ्गेलीमा आगलागी: २० घर जले


मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

फुसका घर र पश्चिमबाट हवा चलेका कारण बस्तीमा चाँडै आगो सल्किएको थियो। कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा नगरपालिका, विराटनगर महानगरकासहित ७ वटा वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शनिबार साँझ आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले जानकारी दिए।

चौपाया र मानवीय क्षति नभएको दाहालले बताए। आगलागीबाट भएको धनमालको क्षतिको विवरण भने आइ नसकेको उनले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०८० १९:५० शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School