मोदीको अमेरिका यात्रा : भारतले अमेरिकाबाट हतियार, तेल र ग्यास किन्ने सहमति



प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

भारतले अमेरिकाबाट तेल र ग्यास आयात गर्ने सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचमा दुई देशको व्यापार घाटा कम गराउनका लागि भारतले अमेरिकी तेल र ग्याँस आयात गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

वाशिंगटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले ‘हामीसँग ग्यास र तेल प्रशस्त छ,भारतलाई आवश्यक छ त्यसैले भारतले खरिद गर्ने सम्झौता भएको छ’ भनेका छन ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्नको लागि तेल र ग्याँसको व्यापारमा ध्यान केन्द्रित गर्ने र आणविक ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

मोदीको अमेरिका यात्रा : भारतले अमेरिकाबाट हतियार, तेल र ग्यास किन्ने सहमति

अमेरिकी व्यापार साझेदारहरूले आपसी शुल्क तिर्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा दुई देशकाबीचमा सहमति पनि भएको छ ।

दुबै देशले आयातित बस्तुमा एक आपसमा मेल खाने शुल्क लगाउने सहमति जुटाएका छन । भारतले अमेरिकाबाट आयात हुने मोटरसाइकलमा १०० प्रतिशत कर लगाउदै आएको छ ।

अमेरिकाले भने भारतबाट आयात हुने मोटरसाइकलमा २.४ प्रतिशत शुल्क लिदै आएको छ । व्यापारका बिषयमा केही मतभेद भएपनि ट्रम्प र मोदीको व्यक्तिगत सम्बन्ध वर्षौंदेखि बलियो छ ।

अमेरिकाले भारतलाई लाखौं डलरको सैन्य सामग्री बिक्री बढाउने भएको छ । भारतलाई अमेरिकाले F-35 लडाकु जहाज पनि आपूर्ति गर्ने बिषयमा पनि मोदी र ट्रम्पकाबीचमा सहमति भएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School