मोज़ाम्बिकमा आएको चक्रवातले ९४ जनाको ज्यान लियो, ६ लाख बढि प्रभावित



प्रकाशित मिति : पुस ७, २०८१ आईतबार

मोज़ाम्बिकमा आएको चिडो चक्रवातका कारण ९४ जनाको ज्यान गएको छ । लाखौं मानिस प्रभावित भएका छन ।

पूर्वी अफ्रिकी देश मोज़ाम्बिकमा आएको चक्रवात चिडोले ९४ जनाको मृत्यु हुनुका साथै ६ लाख भन्दा बढि माजिस प्रभावित भएका छन ।

मोज़ाम्बिकको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानका अनुसार ७६८ जना घाइते भएका छन्। चक्रवातले देशका शिक्षासहित स्वास्थ्य क्षेत्रमा समेत गम्भीर असर पारेको छ।

चिडो २६० किलोमिटर प्रति घण्टाको हावा र पहिलो २४ घण्टामा २५० मिलिमिटर वर्षासहित मोज़ाम्बिकमा प्रवेश गरेको थियो ।

यसअघि, चक्रवातले फ्रान्सको हिन्द महासागर क्षेत्र मायोटमा विनाश मच्चाएपछि मोज़ाम्बिक, मालावी र जिम्बाब्वेतर्फ अघि बढेको थियो ।

चक्रवातले मोज़ाम्बिकका काबो डेल्गाडो, नियासा र नामपुला प्रान्तमा ठूलो क्षति पुर्याएको छ।

चक्रवातले १ लाख भन्दा बढि विद्यार्थीहरुलाई समेत प्रभावित बनाएको छ । विद्यालय संरचनाहरूलाई गम्भीर क्षति पुर्याएको छ। यसले आधारभूत स्वास्थ्य सेवामा पहुँच अझै चुनौतीपूर्ण बनाएको छ।

चिडोले मायोटमा ९० वर्षयताकै ठूलो क्षति पुर्याएको थियो । हालसम्म ३५ जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। हजारौं मानिस आपतकालीन राहतको प्रतीक्षामा छन्।

मोज़ाम्बिकमा आएको चक्रवातले ९४ जनाको ज्यान लियो, ६ लाख बढि प्रभावित

फ्रान्सको गृह मन्त्रालयले मायोटका लागि दैनिक १०० टन सामग्री उपलब्ध गराइरहेको जनाएको छ।

चक्रवात जस्ता प्राकृतिक विपदहरूले सामाजिक पूर्वाधारलाई जलवायु परिवर्तनको चपेटामा रहेको देखाउँछ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी निकायका अनुसार चक्रवातमा मानव गतिविधिको प्रभाव उच्च सम्भावना रहेको छ।

चक्रवात चिडोले जलवायु परिवर्तनका कारण हुने गम्भीर परिणामहरूप्रति सचेत रहन र दीर्घकालीन समाधानतर्फ लाग्न आवश्यक रहेको सन्देश दिएको छ।





Source link

Leave a Comment