प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार
अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने उत्पादनहरुमा आज ( मंगलबार ) देखि २५ प्रतिशत कर लागू हुदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडाबाट हुने आयातमा २५ प्रतिशत कर मंगलबारबाट लागू बताएका छन ।
क्यानाडा र मेक्सिकोमा २५ प्रतिशत कर हुनेछ । र यो सुरु मंगलबारदेखि सुरु हुनेछ,” ट्रम्पले पत्रकारहरुलाई भनेका छन ।
यी करहरुलाई मेक्सिको र क्यानाडालाई फेन्टानिल तस्करीविरुद्धको लडाइँमा थप कडा बनाउने र अवैध आप्रवासन रोक्न दबाब दिनको लागि लागू गरिएको उनको दावी छ ।
ट्रम्पले अमेरिकाको व्यापार असन्तुलनहरू समाप्त गर्न र थप उद्योगहरूलाई अमेरिकामा स्थानान्तरण गर्न यी करहरु लगाउनु परेको बताएका छन । शुल्कहरु मंगलबार राति १२ बजेर १ मिनेट गएपछि लागू हुनेछन्।
ट्रम्प प्रशासनले ट्यारिफहरू अमेरिकी उत्पादनलाई बढावा दिन र विदेशी लगानी आकर्षित गर्नको लागि सबैभन्दा उत्तम विकल्प भएको बताएको छ । वाणिज्य मन्त्री हावर्ड लुटनिकले कम्प्युटर चिप निर्माता TSMC ले अमेरिकी बजारमा आफ्नो लगानी विस्तार गरेको छ ।
फेब्रुअरीमा ट्रम्पले चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त कर लागू गरेका थिए । उनले यस दरलाई २० प्रतिशत गर्नुपर्नेमा पुन जोड दिएका छन ।
ट्रम्पले फेब्रुअरीमा क्यानाडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत ट्यारिफ लागू गर्ने निर्णय गरेका थिए । ट्रम्पले क्यानाडा र मेक्सिकोको लागि आयात करबाट जोगिन कुनै स्थान नरहेको बताएका छन ।
क्यानाडा प्रधानमन्त्री जस्टिन ट्रूडोले ट्रम्पको आयात करको कुनै औचित्य नरहेको बताएका छन । अमेरिकाले कर लगाएका कारणले अमेरिकनहरूले ग्यास, कार र खाद्य सामग्रीका लागि बढी तिर्नुपर्नेछ ।
डेमोक्रेटहरूले आयात कर लगाउने र बढाउने निर्णयले महंगाईलाई अझ बढाउने र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विभाजन ल्याउने भन्दै विरोध गरेका छन ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले २०१८ मा स्टील र एल्युमिनियमको करहरुमा दिएको छुट हटाउने घोषणा गरेका थिए । उनले अटोमोबाइल, कम्प्युटर चिप, तामा र औषधि पदार्थहरूमा पनि आयात कर लगाउने निर्णय गरेका छन्।