मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने ट्रम्पको घोषणा



प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् । सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए । साथै ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन् । ट्रम्पले २०१९ मा राष्ट्रिय संकटकाल घोषणालाई आफ्नो सीमा पर्खाल निर्माणको लागि रकम प्रयोग गरेका थिए । उनी यस पटक सीमामा सेना तैनाथ गर्न चाहन्छन्।

ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताएका छन् । यो आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खन राष्ट्रमा रिहा गर्ने सन्दर्भमा उल्लेख छ।

ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनर्स्थापित गर्ने बताएका छन् , जसले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ । तथापि अमेरिकाले यो नीति फिर्ता ल्याउन मेक्सिकोको सहयोग चाहिन्छ।

“अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प

 

४७औं राष्ट्रपति रूपमा ट्रम्पको शपथ ग्रहण, ट्रम्पका आगामी योजना कस्ता छन्?





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School