मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा

मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा


फेरिएको सत्ता समीकरण र सत्तारुढ दललाई बहुमत पुर्‍याउन कठिन रहेको अवस्थामा बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ।

दुई सांसद रहेको हानेपाले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्न तयार रहेको बताएको थियो। केही समयअघि पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमै दाबी समेत गरेको थियो। समर्थन फिर्ता लिएको दुई दिनमै हाम्रो नेपाली पार्टी प्रदेश सरकारमा सहभागी हुन राजी भएको हो।

योसँगै बागमती प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिटको हानेपालाई बिहीबार साँझबाट सरकारमा सहभागी गराएर अल्पमतको संकट टारेका छन्।

प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्।

बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले पुनः बहुमत प्राप्त गरेको छ। मंगलबार यस दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो। 

हानेपा सरकारमा सहभागी भएसँगै अब मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको आन्तरिक तयारी समेत गरेको बताइएको छ। माओवादी, एमाले, नेकपा एससँगै हानेपाले ५ बुँदे सहमति गरेर सरकारमा सहभागी भएको हो।

प्रदेशसभाको बाँकी पुरै कार्यकाल सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको चाहनालाई आत्मसाथ गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने, केन्द्रको सत्ता समीकरणको निर्णय अनुसार प्रदेशको नेतृत्व कार्यान्वयन गरी सहभागी दलबीच प्रदेश सरकारको नेतृत्वमा सहकार्य गर्ने, प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाएर अघि बढ्ने, प्रदेश सरकार गठनको सन्दर्भमा सहभागी दलको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको विभाजन गर्ने निर्णय गरिएको छ।

सहमति पत्रमा चारै दलका नेताहरुले हस्ताक्षर गरेका छन्। गत फागुन २३ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो।

जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । बागमतीमा गठबन्धनलाई सरकार जोगाउन ५६ सांसद पुग्ने भएको छ। प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेको २७, माओवादी केन्द्रको २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत रहेकोमा अब हानेपाको २ समेत जोडिँदा ५७ मत पुगेको छ।

प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीको ३ सांसद छन्।

प्रकाशित: १५ चैत्र २०८० १९:४३ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School