प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् ।
शनिवार राती काठमाडौँको पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस् नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईँ के हटाउन चाहनुहुन्छ ? भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन् ।
केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटर प्राप्त गरिन् । साथै, उनले अमेरिकामा हुने मिसेस् वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन् ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस् नेपाल इन्टरनेशनल भइन् । उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपाधि प्राप्त गरिन् । त्यसै गरी दीपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस् नेपाल वर्ल्ड मै विद्या चौहान फस्ट रनर्स अपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्स अपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्स अपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भइन् । उनीहरूले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस् नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस् इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुर मै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झन्डै साढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस् नेपाल वर्ल्ड २०२५ बाट सम्मान गरिएको छ ।
सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसै गरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन वेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल वेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस् इको फ्रेन्डली कल्पना विष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ । यस्तै, करुणा श्रेष्ठले यो प्रतियोगितामा ‘मिसेस् नेपाल भिवर्स च्वाईस हासिल गरेकी छिन् ।
त्यस्तै, अयुथ वेदा वेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री वेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल ब्युटी गङ्गा लामिछाने र रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस उपाधि सजनी जोशीले प्राप्त गरिन् ।
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रङ्गकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस् नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्

