मिशिगनको चर्चमा आक्रमण : कम्तीमा ४ को मृत्यु,बालबालिकासहित ८ जना घाइते



प्रकाशित मिति : आश्विन ११, २०८२ आईतबार

मिशिगनको चर्चमा आक्रमण : कम्तीमा ४ को मृत्यु,बालबालिकासहित ८ जना घाइते

अमेरिकाको मिशिगन राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ। बन्दुकधारीले चर्चभित्र गाडी घुसाएर गोली चलाउनुका साथै आगजनी गर्दा यो घटना भएको हो।

अधिकारीहरूका अनुसार यस आक्रमणमा ८ जना घाइते भएका छन्, जसमा केही बालबालिका पनि छन्। आक्रमणकारीले गोली चलाउँदै चर्चमा आगो लगाएको बताइएको छ।

यो घटना डेट्रोइटबाट करिब ६० माइल उत्तर-पश्चिममा पर्ने ग्रान्ड ब्लाङ्क सहरको चर्च अफ जीसस क्राइष्ट अफ ल्याटर-डे सेन्ट्स मा प्रार्थना सभा चलिरहेका बेला भएको थियो। प्रार्थना सभामा सयौँ श्रद्धालु उपस्थित थिए।

मिशिगनको चर्चमा आक्रमण : कम्तीमा ४ को मृत्यु,बालबालिकासहित ८ जना घाइते

मिशिगनको चर्चमा आक्रमण : कम्तीमा ४ को मृत्यु,बालबालिकासहित ८ जना घाइते

आक्रमणकारीको पहिचान बर्टन, मिशिगनका ४० वर्षीय थोमस जेकब स्यानफोर्डको रूपमा भएको छ। प्रहरीसँगको भिडन्तमा उनी चर्चको पार्किङ क्षेत्रमा मारिएका थिए। प्रहरीले यसलाई ‘लक्षित हिंसात्मक हमला’ भन्दै अनुसन्धान गरिरहेको छ, तर आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

ग्रान्ड ब्लाङ्क टाउनशिपका प्रहरी प्रमुख विलियम रेनीका अनुसार, दुई जनाको मृत्यु गोली लागेर भएको हो। आगजनीका कारण चर्चमा ठूलो क्षति पुगेको छ। अधिकारीहरूले आक्रमणकारीले जानाजानी पेट्रोल प्रयोग गरी आगजनी गरेको बताएका छन्। घटनास्थलमा केही शंकास्पद विस्फोटक वस्तु पनि फेला परेको छ, तर तिनको प्रयोग भएको हो वा होइन भन्ने पुष्टि भएको छैन।

रेनीका अनुसार, स्यानफोर्डले चर्चको भवनमा गाडी ठोक्काएपछि गोली चलाउन सुरु गरेका थिए। एफबीआईले यस घटनाको अनुसन्धानको नेतृत्व गरिरहेको छ र अनुसन्धानकर्ताहरूले स्यानफोर्डको सम्पत्ति तथा मोबाइल फोनको रेकर्ड जाँच गरिरहेका छन्। घटनास्थलमा संकट व्यवस्थापन टोली र बम प्राविधिकसहितको टोली खटाइएको छ।

मिशिगन राज्य प्रहरीले अन्य ठाउँमा पनि बमको धम्की आएको जानकारी दिए पनि ती ठाउँहरू सुरक्षित रहेको बताएको छ। अमेरिकी मरीन कर्प्सका अनुसार स्यानफोर्ड इराक युद्धका पूर्व सैनिक थिए र उनी २००४ देखि २००८ सम्म मरीनमा कार्यरत थिए।

चर्च अफ जीसस क्राइष्ट अफ ल्याटर-डे सेन्ट्सले एक विज्ञप्ति जारी गर्दै प्रार्थना सभामा गोली चलेको र धेरै मानिस घाइते भएको पुष्टि गरेको छ। ग्रान्ड ब्लाङ्क प्रहरीले यस घटनाको अनुसन्धानका लागि १०० भन्दा बढी एफबीआई एजेन्ट परिचालन गरेको जनाएको छ।

मिशिगनको चर्चमा आक्रमण : कम्तीमा ४ को मृत्यु,बालबालिकासहित ८ जना घाइते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनाबारे जानकारी पाएको र एफबीआईले नै संघीय तहको अनुसन्धानको नेतृत्व गर्ने पुष्टि गरेका छन्।





Source link

Leave a Comment