मालीमा सुन खानी भत्किदा कम्तिमा ४० को मृत्यु, मृतकमध्ये अधिकांश महिला



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

मालीमा रहेको अबैध सुन खानी भत्किदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । मृतक मध्ये अधिकांश महिला रहेका छन ।

पश्चिमी सुनामा धनी कयेस क्षेत्रमा रहेको सुन खानी भत्किएको हो । खानी क्षेत्र वरपर सुनका टुक्रा खोज्न मानिसहरु गएको बेला माटोले पुरिएर ति मानिसहरुको मृत्यु भएको हो ।

मालीमा तीन साता भित्र भएको यो दोस्रो ठूलो दुर्घटना हो । जनवरीमा भएको यस्तै खालको दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।

मालीमा सुन खानी भत्किदा कम्तिमा ४० को मृत्यु, मृतकमध्ये अधिकांश महिला

केहि व्यक्तीहरु बच्चासहित पानीमा समेत खसेका थिए । स्थानीय प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताएको छ । माली प्रमुख सुन उत्पादक मध्ये एउटा देश हो । त्यहाँ खानी दुर्घटना भइरहेका देखिन्छन ।

खानीका लागि प्रयोग गरिएका विधिहरु अनुरक्षित भएकाले दुर्घटनाहरु भइरहने गरेको पाइन्छ । अघिल्लो बर्षपनि खानी सुरुङ भत्किँदा कम्तिमा ४० जनाको मृत्यु भएको थियो।

गरिबीका कारण धेरै महिला माइनरहरूले छोडेका खानी क्षेत्रहरूबाट सुन खोज्न जान्छन्। मालीको खानी मन्त्रालयका प्रवक्ताले दुर्घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेका छन ।

यो दुर्घटना एक चाइनिज कम्पनीले सञ्चालन गरेको खानी स्थलमा भएको हो। चीनले मालीको खानी उद्योगमा ठूलो लगानी गरेको छ ।

मालीमा खनिज स्रोतहरूमा सुन, फलाम, माङ्गनीज, लिथियम र युरेनियम जस्ता प्राकृतिक सम्पदाहरू रहेका छन् ।

मालीमा सुन खानी भत्किदा कम्तिमा ४० को मृत्यु, मृतकमध्ये अधिकांश महिला

जसका कारण माली चाइनिज लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य बनेको छ।





Source link

Leave a Comment