महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण


७ चैत, काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

२३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो ।

डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्की सदस्य समेत रहेकी एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामामार्फत सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी उक्त रकम गुरुङले उपलब्ध गराएका थिए । सोही रकम एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो । गुरुङकी श्रीमती उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे ।

सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित ८ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसंग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School