परिचय
जीवन र मृत्युसँग चुनौतीहरू सर्वव्यापी भएको संसारमा, करुणा, त्याग र निःस्वार्थताका गुणहरू हाम्रो नैतिक दिशा निर्देशक स्तम्भहरू भएका छन् । यी गुण धार्मिक शिक्षा वा प्राचीन ग्रन्थहरूमा सीमित छैनन् । तिनीहरू परोपकारी कालातिल प्रासंगीतालाई प्रतिबिम्बित गर्ने अभ्यासहरूमा प्रकट हुन्छन् । निःस्वार्थताको यस्तो अनुपम उदाहरणीय करुण र त्याग किंवदन्तीअनुसार पाञ्चाल (पनौती) राज्यका कान्छा राजकुमार महासत्व भएको पाउँछौं । यो कर्म बौद्घ शिक्षाहरूमा एक व्यक्तित्व, जसलाई करुणाको खानीका रूपमा परिचय गरिन्छ । अरूको कल्याणका लागि जीवन–बलिदानको व्याख्या गरिएको उनको कथाको परोपकारी सारलाई आधुनिक समयमा अंग प्रत्यारोपणको रूपान्तकारी कार्यका रूपमा हेर्न सकिन्छ । जीवन बचाउने प्रक्रिया शताब्दीयौंअघि महासत्वको निःस्वार्थता र सहानुभूतिलाई प्रतिबिम्बित गर्छ ।
राजकुमार महासत्वको जीवनी
बौद्घ जातकथा, स्थानीय किंवदन्ती तथा परापूर्वकालदेखि चलाइआएको संस्कृति, संस्कार अर्थात् निरन्तरता पाएको पूजा, ध्यान, मेला पर्व आदिले आजभन्दा करिब ६ हजार वर्षपहिलेको घटना उल्लेख गरिन्छ । करिब ६ हजार वर्षपहिले करिब ५ हजार जनसंख्या बसोबास भएको पाञ्चाल नगरीमा दीर्घरथका सन्तति महारथले राज्य गर्थे । पाञ्चाल देशको दरबार हालको पनौती सहरबाट उत्तर–पश्चिम हालको जेलाँ च्याती, टौखालमा रहेको थियो । यस नगरीका राजा महारथ थिए । राजाको परिवारमा रानी सत्यवतीका साथमा तीन राजकुमार महादेव, महाप्रणव र महासत्व थिए ।
१ वर्षको कात्तिक शुक्लपक्षका दिन हिरण्यगिरी गन्धमादन पर्वत (हाल कुसुमे सामुदायिक वन)मा राजा, रानी र तीन राजकुमार महादेव, महाप्रसाद र माहासत्व साथमा दरबारका सिकारी दलसहित सिकार खेल्न निस्केका थिए । एक दिन बिहानै तीन राजकुमार सिकार खेल्न छुट्टै निस्किए । सिकार खेली साँझपख शाही शिविरतर्फ फर्कंदै गर्दा तिनीहरूले सो घना जंगलको सिरानीमा एउटा रूखको फेदीमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भरखर जन्मिएका पाँचवटा डमरू जीवन मरणको दोसाँधमा रहेका देखे । ती राजकुमार कमजोर बघिनी र उनका डमरूलाई सिकार नगर्ने भन्दै चुपचाप शिविर (निवास)तर्पm लागे । तर, तीमध्ये कान्छा राजकुमार माहासत्वको मनमा ती निरीह प्राणीप्रति करुणा जागेर आयो । तर, उनले आफ्नो मनको भावना दाजुहरूसामु प्रकट गर्न सकेनन् । ती कान्छा राजकुमार शौच गर्ने बहानामा बाघको गुफातिर फर्के भने दुई दाजु शिविरतिर लागे । राजकुमार माहासत्व हतियार एकातिर राखी, कपडा फुकालेर बघिनीको अगाडि लम्पसार परिदिए । बघिनी कमजोर भएर हो वा डरले राजकुमारलाई छोइन । भोकले अत्यन्त कमजोर भई बसेकी सुत्केरी बघिनी र भर्खर जन्मेका उनका पाँचवटा डमरूहरूलाई माहासत्वले आफूसँग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु खुवाउँदै भोका प्राणीको प्राण भर्न आफ्नो जीवन ‘अभयदान’ गरी सहज उत्सर्ग हुँदै बोधिसत्व प्राप्त गरे । उनको बचेको हाडखोरलाई शाही शिविरमा ल्याएर विधिविधानपूर्वक दफनाउने (गाड्ने) काम भयो । राजासहितका दरबारिया सिकारी टोली दरबार फर्किए । भावविह्वल रानी र दुई राजकुमार दरबारिया सुरक्षाका साथ केही समय त्यहीँ बसे ।
करिब ३ हजार ५ सय वर्षपछि अर्थात् आजभन्दा करिब २ हजार ५ सय वर्षपहिले सिद्घार्थ गौतमबुद्घले स्वयम्भू दर्शन गर्ने क्रममा सो ढिस्कोमा एक महिना ध्यान गर्न पुगे । एकमहिने ध्यानपश्चात ढिस्कोलाई तीनपटक परिक्रमा गरी नःम बुद्घ भनी ढोगे । तत्पश्चात सो ढिस्कोको नाम नःम बुद्घ रहन गयो भने लिच्छवी राजा मानदेव प्रथमका पालामा सानो मन्दिर बनेको र चार कुनामा स–साना चार स्तुपहरू बनाएका थिए, जसको संरक्षण हुँदैआएको छ । मल्लकालमा थप स्तुपहरूसहित मन्दिरमा केही सुधार भयो । हालको मन्दिर १९औं शताब्दीमा असनका साहुले बनाइदिएका थिए ।
नःम बुद्घको जन्मभूमि, भूकम्प, उँडुस आतंक तथा समयसापेक्ष जलवायु पविर्तनको प्रभावले पाञ्चाल नगरी खण्डहरमा परिवर्तन भयो र त्यस बस्तीलाई १२औं शताब्दीयौमा मल्लराजा अनन्द देवका पालामा त्रिवेणीको नजिक स्थानको नाम पलाःती राखेर सार्ने काम भयो । खण्डहरू बस्ती उर्बर भूमि र सिँचाइ सुविधा हुँदा खेती गर्न सुरु गरियो । दरबार क्षेत्र भने खेती नगरिएको र आस्थाका रूपमा राखियो । दरबार क्षेत्रमा भवनका संरचनाहरू एक थुप्रोमा जम्मा हुँदा ढिस्को नै बनेको थियो । हिरण्य गन्धमान पर्वतस्थित नःम बुद्घको समाधीमा दर्शनका लागि आउने भक्तजनले राजकुमार महासत्वको जन्मक्षेत्र (दरबार क्षेत्रमा भवनका संरचनाहरू एक थुप्रोमा जम्मा हुँदा बनेको ढिस्को– भगवान् डाँडा)मा पवित्र पुण्यभूमिमा मेला पर्व तथा आफ्ना पूर्वजहरूका तिथिहरूमा पूजा अर्चनासहित घिउबत्ती चढाउँथे । मल्लकालमा वीरंगनाहरूलाई पुज्नेक्रममा राजकुमार महासत्व अर्थात् नःम बुद्घ पर्वको निरन्तरताका लागि पनौतीको ‘न्हु बहा’स्थित मल्लकालीन दरबारसँगै नःम बुद्घ द्योःछे बनाए । यस्तै, उनले जन्म लिएको पाञ्चाल नगरीको खण्डहर दरबारको ढिस्कोमाथि घिउबत्ती चढाउने प्रथा चलाए । यस ढिस्कोलाई नःम बुद्घ भगवान् जन्मिएको स्थान मानेर ढिस्कोको नाम नै ‘भगवान् डाँडा’ रहनपुग्यो । भगवान् डाँडामा केही दशक अघिसम्म देश–विदेशबाट बत्ती दिन आउने चलन थियो । प्रचार प्रसारको कमी तथा स्थानीयमा अपनत्वको भावना नआउँदा बत्ती दिन आउनेहरूको संख्यामा ह्रास आउँदै थियो । हतियार द्वन्द्वले समाज असन्तुलित हुँदा यस्तो पवित्र कार्यलाई पूर्णविराम लगाइदियो । नःम बुद्घका द्योतकहरूले सो डाँडाको स्वामित्वमा कुनै चासो नराखेपछि पनौती नगरपालिकाले कार्यालय भवन बनाएको छ । राजकुमार महासत्व अर्थात् नःम बुद्घको जन्मस्थल चिनारीका लागि नगरपालिकाले एउटा सानो चैत्य बनाइदिएको छ । नःम बुद्घको कृतिबाट करुणामय सन्देश प्रवाहका लागि उनको जन्मभूमिमा हाम्रा पुर्खाले चलाइआएको बत्ती दिने प्रथालाई निरन्तरता गर्नु एउटा सम्झनाको पाटो हुनेछ ।
अंग प्रत्यारोण, अभयदानको आधुनिक प्रतिबिम्ब
अभयदान कार्य, अतिवादी भए पनि शहादत वा प्रशंसा खोज्ने ’boutमा होइन, यो शुद्घ परोपकारका ’boutमा हो । पुरस्कार तथा व्यक्तिगत लाभको अपेक्षाबिना अरूको कल्याणका लागि आफ्नो बलिदान गर्ने तत्परता हो । महासत्वको करुणाले सबै जीवित प्राणीसँगको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्छ । यसले प्रकृतिका जीवहरू एकअर्कासँग गाँसिएको र कसैको दुःखमा परिपूर्वक हुन तत्परता रहेको बुझिन्छ । महासत्वको अभयदानले असम्भवतालाई करुणाको कठिन घडीको चित्रण गरेको छ ।
ऐतिहासिक महासत्वको अभयदान, आधुनिक चिकित्सा विज्ञानमा अंग प्रत्यारोपणलाई समकालीन समानान्तर कार्यमा लिन सकिन्छ । विधिहरू फरक हुनसक्छन्, तर अंगदानमा परोपकारको सार महासत्वको निःस्वार्थतालाई प्रतिबिम्बित गर्छ । अंग प्रत्यारोपण, विशेषगरी जीवित दाताबाट परोपकारी भावनाबाट एक व्यक्तिले अर्को व्यक्तिलाई भौतिक वा व्यक्तिगत लाभको कुनै अपेक्षबिना आफ्नो शरीरको अंग अर्को व्यक्तिलाई दिनु हो । आधुनिक प्रविधि शल्यक्रियामार्पmत आवश्यकतामा परेकालाई आफ्नो अंग अर्पण गर्ने दाताको निर्णय, महासत्वले आफ्नै शत्रु जनावर हितका लागि अभयदानको दयालु बलिदानलाई प्रतिबिम्बित गर्छ ।
अंग प्रत्यारोपण केवल एक चिकित्सकीय प्रक्रिया मात्र होइन, यो दाता र प्राप्तकर्ता दुवैका लागि जीवन परिवर्तन गर्ने निर्णय हो । प्राप्तकर्ताका लागि जीवन जिउने दोस्रो मौका हुन्छ भने दाताका लागि, अर्को जीवन बचाउने, आफूभन्दा ठूलो कुराको अंश बत्रे आन्तरिक इच्छाद्वारा पे्ररित हुन्छ । यो कार्य, स्वेच्छिक र गहिरो व्यक्तिगत भए पनि करुणाको उच्चतम रूप, अरू कसैको बाँच्नका लागि निःस्वार्थ प्रतिबद्घतालाई मूर्तरूप दिन्छ । अंगदानको सबैभन्दा शक्तिशाली पक्ष भनेको यसले ल्याउने भावनात्मक र मनोवैज्ञानिक रूपान्तरण हो । दाताहरू, विशेषगरी जीवित व्यक्तिहरूमा, प्राय, पूर्ति र उद्देश्यको गहिरो भावनात्मक सम्बन्ध रहेको हुन्छ । दाताहरू आफ्नो क्षमताबाट अरू कसैको जीवनमा प्रत्यक्ष प्रभाव पाने अर्थात् जीवन दानको सशक्त महसुस गर्छन् । यसले, एक अर्थमा महासत्वको कारुणिक कार्यलाई प्रतिबिम्बित गर्छ । निःस्वार्थ रूपमा दान दिएर, दाता र प्राप्तकर्ता दुवै पक्षले एक रूपान्तरणबाट गुज्रन्छन्, जसले जीवन, स्वास्थ्य र मानव सम्बन्धमा उनीहरूको दृष्टिकोणमा परिवर्तन गर्छ ।
यसबाहेक अंग प्रत्यारोपणले हाम्रो मूल्य मान्यताहरूमा सामाजिक परिवर्तनको प्रतिनिधित्व गरेको छ, जसरी महासत्वको अभयदान, संसारको एक क्रान्तिकारी काम थियो । स्वास्थ्य विज्ञानको सफलताले केही दशकबाट विकसित हुँदै गएको अंगदानको संस्कारमा वृद्घि हुँदै गएको छ । यस्तो सकारात्मक सन्देशले धेरै मानिस अंगदान गर्ने प्रक्रियाको प्रतिबद्घतामा वृद्घि भएको छ, जसले समाजमा करुणाको लहर पैmलिरहेको छ । अंगदानले जीवन बचाउने मात्र होइन, यसले मानव जीवनको मूल्य, परिवार, छिमेक, समुदाय र समाजप्रतिको हाम्रो जिम्मेवारी साथमा सबै जीवित प्राणीको अन्तरसम्बन्धका ’boutमा सोच्ने, अध्ययन गर्ने अवसर र चुनौती दुवै दिन्छ ।
अंगदानका आध्यात्मिक र नैतिक आयामहरू
अंगदान केवल एक चिकित्सा प्रक्रिया मात्र होइन, यो गहिरो आध्यात्मिक र नैतिक आयामहरूले भरिएको छ । जब कुनै व्यक्तिले अंगदान गर्छ, उसले केवल आफ्नो शरीरको एक भाग मात्र अर्पण गर्दैन, आफ्नो आत्माको एक हिस्सा–जीवन पनि अर्पण गरेको हुन्छ । यसका लागि दाताले व्यक्तिगत डर, चिन्ता र असुविधालाई जित्नु आवश्यकता छ, जसरी राजकुमार महासत्वले आफ्नो करुणामय कार्यमा मृत्युको प्राकृतिक डरलाई जितेका थिए ।
कसैको जीवन सुधार गर्न वा मृत्युको मुखबाट बचाउन दाताले आफ्नो स्वास्थ्यमा जोखिम मोल्दै गहिरो प्रतिबद्घताका साथ एक मात्र उद्देश्य प्राणी जीवन्तताका लागि गरिने अंग प्रत्यारोपण मानव वा प्राणीमा हुने करुणा तथा दयाका गुण हुन् । यो कुनै देख्न र तौलन सकिने चिज वा वस्तु होइन, यो त भावना, आध्यात्मिक र नैतिकताका अदृश्य आयाम हुन् । यो निःस्वार्थ दान तथा सेवा बौद्घ सिद्घान्तसँग मेल खान्छ, जसले परिणाममा आशक्तिबिना उदारताको महत्वलाई प्राथमिकता दिन्छ । जहाँ दाताले मान्यता वा भौतिक क्षतिपूर्ति खोजिरहेको हुदैन, बरु अर्काको पीडा कम गर्न खोजिरहेको हुन्छ । यसका साथै, अंग प्रत्यारोपणले जीवनको मूल्य, मर्यादा तथा मानव र प्रकृतिको सम्बन्ध’boutमा महत्वपूर्ण आयामहरूको प्रश्नोत्तर बनिदिन्छ । यसले हामीलाई मानवताको अन्तरसम्बन्ध अध्ययन गर्न प्रेरित गर्छ, जसरी महासत्वको बलिदानले सबै प्राणीका बीच गहिरो अन्तरनिर्भरता प्रदर्शन गरेको छ । अंग दिने कार्य नितान्त केवल दया वा दान मात्र होइन, यो मानवताको उत्कृष्ट अनुपम कार्य हो, एक व्यक्तिको जीवन अरूको जीवनसँग जोडिएको छ भत्रे प्रकृतिको नियमलाई उजागर र सम्मान तथा अनुकूलन गर्न उत्प्रेरणा गर्छ ।
अंगदान, परोपकारको विश्वव्यापी महत्व
१७औं शताब्दीमा रक्तदानका केही आयाम भए पनि सन् १९३७ मा अमेरिका सिकागोको कुक काउन्टी अस्पतालले संस्थागत ग¥यो र अहिले आएर पूर्ण सफलता पाएको छ । यस्तै, सन् १९५४ मा अमेरिकाको बोस्टनस्थित पिटर वेन्ट ब्रिघम अस्पतालमा डा. जोसेफ मरेद्वारा पहिलो सफल मानव मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यो शल्यक्रिया एक ऐतिहासिक घटना थियो, जसले चिकित्सा इतिहासमा नयाँ युगको सुरुवात गरेको थियो । विशेषगरी, यो शल्यक्रिया एकजोडी जुम्ल्याहाबीच गरिएको थियो, जसले चिकित्सकहरूको क्षमता र अंग प्रत्यारोपणको सम्भावनामा नयाँ विश्वास थप्यो । यस सफल शल्यक्रियाले अंग प्रत्यारोपणको क्षेत्रमा सकारात्मक वातावरण सिर्जना ग¥यो र यसले संसारभरि अंग प्रत्यारोपणलाई एक महत्वपूर्ण चिकित्सा उपचारका रूपमा स्थापित ग¥यो ।
महासत्वको अभयदान र अंगदानको अभ्यासबीचको समानता निःस्वार्थता र मानवताको उच्चतम मूल्यमा आधारित छ । महासत्वले आफ्ना व्यक्तिगत सुख र इच्छाहरू त्यागेर, अरूको जीवनमा आशा र सहायता ल्याउने कार्य गरेका थिए, जुन ठीक यसरी नै अंगदानको प्रक्रिया पनि छ । अंगदान केवल शारीरिक अंगको आदान–प्रदान मात्र होइन, यो एक निःस्वार्थ कार्य हो, जसले अरूको जीवन बचाउनका लागि ठूलो बलिदान गर्न आवश्यक छ । यो सामूहिक दायित्व र करुणामा आधारित एक प्रक्रिया हो, जसले आजको समाजमा ठूलो महत्व बोकेको छ ।
आजको संसारमा अंग प्रत्यारोपण एक अत्यन्त महत्वपूर्ण चिकित्सा प्रक्रिया बनिसकेको छ । यसका कारणले अंग प्रत्यारोपणका माध्यमबाट धेरै मानिसको जीवन बच्न र सुधार्न सकिन्छ । अंग प्रत्यारोपणको सफलता संसारभरिका हजारौं मानिसलाई नयाँ जीवन दिनका लागि एक प्रमुख अवसर बनिसकेको छ । तर, यसको माग र आपूर्तिमा अझै ठूलो संकट रहेको छ । अंग दान गर्ने व्यक्तिमा अंगदानको महत्व र प्रक्रिया’bout पर्याप्त जानकारीको कमी छ र चिकित्सकले दाताहरूसँग उचित जानकारी र मानसिक तयारीको कमी हुँदा यो अभियान अझै पनि सीमित छ । यसको परिणामस्वरूप, हजारौं मानिस अंग प्रत्यारोपणका लागि पर्खिरहेका छन्, आवश्यकताअनुसार अंगहरूको आपूर्ति नभएका कारण धेरै व्यक्तिको मृत्यु हुँदै छ ।
यस समस्यालाई समाधान गर्न, स्वास्थ्य शिक्षामा लगानी, जनचेतनाको वृद्धि र सक्षम चिकित्सकको उपलब्धता आवश्यक छ । हामीले अंगदान र अंग प्रत्यारोपणका ’boutमा व्यापक शिक्षा र जनजागरण कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यससँगै, सशक्त पूर्वाधार र स्वास्थ्य संस्थाहरूको सुनिश्चितता आवश्यक छ, जसले गर्दा माग र आपूर्तिको बीचको असन्तुलनलाई सुधार गर्न सकियोस् । सामूहिक जागरण, करुणा र परोपकारका आधारमा हामीले अंगदानको महत्व बुझेर समाजलाई एकजुट गर्न सक्नुपर्छ र यसका माध्यमबाट हजारौं जीवन बचाउन सकिनेछ ।
मृत्युपछि अंगदान
मृत्युपछि अंगदान भनेको मृत व्यक्तिका अंगहरूलाई अरूको जीवन बचाउन वा सुधार गर्नका लागि दान गर्नु हो । जब कुनै व्यक्ति मर्छ, उनका अंगहरू जस्तै कि मुटु, मिर्गाैला, फोक्सो र आँखाको नानी आदि प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ, जसले अंग विफलतासँग जुझिरहेका व्यक्तिहरूलाई जीवनको दोस्रो अवसर प्रदान गर्छ । विश्वका धेरै स्थानमा अंगदान अझै पनि कम पहिचान गरिएको वा गलत बुझिएको छ, जसका कारण सांस्कृतिक विश्वास, भ्रान्ति वा सचेतनाको अभाव हो । तर, यो मानव जीवनमा एक गहिरो प्रभाव पार्ने निःस्वार्थ कार्य हो, जसले धेरै जीवन बचाउन सक्छ । अंगदानले केवल स्वास्थ्यलाई पुनःस्थापना गर्दैन, बरू प्रत्यारोपणको पर्खाइमा भएका परिवारलाई आशाको लय ल्याउँछ ।
अंगदानको महत्व र प्रक्रिया’bout समाजलाई शिक्षा दिनु अत्यन्त आवश्यक भएको छ, जसले भ्रमहरू हटाउन, बाधाहरू तोड्न र थप व्यक्तिहरूलाई अंगदान गर्ने विचार गर्न प्रेरित गर्न मद्दत पु¥याउँछ । अंगदानको निर्णय एक उदार उपहार हो, यसको जीवन बचाउने क्षमता बुझाउनाले बढी जीवनहरू बचाउन र बढी व्यक्तिहरूलाई अंगदान गर्नका लागि प्रेरित गर्न सक्छ ।
विकसित स्वास्थ्य विज्ञानले मानव स्वास्थ्यका निम्न अंगहरू सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । ती हुन्, मिर्गौला, मुटु, कलेजो, फोक्सो, आमाशय (अग्न्याशय), आन्द्रा, आँखाको नानी, छाला, मासी (हड्डीको मज्जा), हात-अनुहार-पाखुरा आदि । सामाजिक स्तरमा अंग दानलाई अझ दयालु संसारको वातावरणमा हेर्न सकिन्छ, जहाँ मानिसहरूले जीवन बचाउने महत्वलाई बुझ्छन् । यो दया र करुणा केवल उनीहरूका परिचितहरूका लागि मात्र होइन कि अपरिचितहरूका लागि पनि गरून् । जसरी महासत्वको करुणा सबै जीवित प्राणीहरूमा पैmलिएको थियो । त्यसरी नै अंगदान गर्ने अभ्यासले हामीलाई आफ्नो घेराभन्दा बाहिर हेर्न र सम्पूर्ण मानवताको कल्याणलाई विचार गर्न अवसर र चुनौती दिन्छ । यसरी हामीलाई यस्तो संसार निर्माण गर्न प्रोत्साहित गर्छ, जहाँ जीवनको मूल्य, धन वा हैसियत होइन, एकअर्काको हेरचाह, सहायता र उत्थान गर्न सक्षम हुनसकौं ।
सारांश: परोपकारको जीवित विरासत
अंग प्रत्यारोपणजस्ता अत्याधुनिक चिकित्सा प्रणालीहरूका सन्दर्भमा राजकुमार महासत्व अर्थात् नःम बुद्घको परोपकारी कार्यले आजको समयमा पनि हामीलाई गहिरो प्रेरणा दिइरहेको छ । नःम बुद्घले देखाएको मार्गदर्शन भनेको निःस्वार्थ प्रेम र प्राणीहरूको सर्वोत्तम जीवन्त उदाहरण हो । उनले आफ्ना व्यक्तिगत सुख–सुविधाहरू त्यागेर अरूको जीवनमा आशा र प्रकाश छर्ने काम गरेका थिए, जुन कुरा आजको परोपकारी कार्यहरूमा देख्न सकिन्छ ।
सांसारिक दया र करुणालाई अंग प्रत्यारोपणको गहिरो अध्ययनले राम्ररी बुझ्न मद्दत पु¥याउँछ । जब कुनै व्यक्ति अंगदान गर्छ, ऊ आफ्नो शरीरको एक महत्वपूर्ण भाग अरूको जीवन बचाउन दिन्छ । उसले न केवल आफ्नो व्यक्तिगत हक र सुखको बलिदान गर्छ, बरू अर्को व्यक्तिको जीवनलाई नयाँ आशा र अवसर दिन्छ । यो एक प्रकारको आत्मा– बलिदान हो, तत्कालीन समयमा नःम बुद्घले अभयदान गरेका थिए । तर, आजको परिप्रेक्ष्यमा आधुनिक चिकित्सा उपकरणहरूको सहायतामा, यो कार्य अझ बढी प्रभावशाली र जीवनदायी बनेको छ ।
आधुनिक जमानामा अंगदान केवल चिकित्सकीय दृष्टिकोणले मात्र होइन, मानवता र करुणाको गहिरो सम्बन्धका रूपमा स्थापित भएको छ । आजको अंगदान समाजले राजकुमार महासत्वको अभयदानको रूप लिइरहेको छ, जहाँ एक व्यक्ति आफ्ना अंगको बलिदान गरेर अरूको जीवनमा आशा र नयाँ अवसर ल्याउँछ । अंगदानले हाम्रो समाजमा त्याग, निःस्वार्थता र एक अर्काप्रतिको माया र सम्मानको महत्व सम्झाउँछ । साँचो परोपकार मार्गमा हिँड्न, मानवता र करुणाका मूल्यहरूलाई जीवनमा उतार्न आजको अंगदानले नःम बुद्घको अभयदानलाई प्रतिबिम्बित गरेको छ ।
(Visited 15 times, 1 visits today)