महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने

महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने


सुन तस्करी प्रकरणको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं  पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राख्न दिइएको समय सकिएको छ।

कपिलवस्तुबाट सोमवार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो। उक्त म्याद बिहीवारै सकिएको हो। म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान बिहीवार सकाएका छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो। काठमाडौँ ल्याइएका महरा बिरामी भए पछि नर्भिक अस्पतालमा भर्ना छन्। उनको स्वास्थ्य अझै निको नभएकाले हाजिर जमानीमा छाड्नुपर्ने उनका वकिलहरूको तर्क छ।

भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो। उनी अहिले पुर्पक्षमा थुनामा छन्।

प्रकाशित: ९ चैत्र २०८० ११:२९ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School