मस्क र रामास्वामीले विदेशी कामदार भिसाको समर्थन गरेपछि ट्रम्प समर्थकहरू आक्रोशित



प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

मस्क र रामास्वामीले विदेशी कामदार भिसाको समर्थन गरेपछि ट्रम्प समर्थकहरू आक्रोशित

एलन मस्क र विवेक रामास्वामीले उच्च दक्षता भएका कामदारका लागि भिसा कार्यक्रम विस्तार गर्न तर्क गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रम्प समर्थकहरु आक्रोशित भएका छन् । यसले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूबीच नयाँ प्रशासनको कडा आप्रवासन नीतिमा यो कार्यक्रम कसरी समावेश हुने भन्ने विषयमा बहस सुरु गराएको छ।

मस्क र रामास्वामीलाई ट्रम्पले आफ्नो सरकार दक्षता विभागको नेतृत्व गर्न छनोट गरेका छन् । उनीहरुले एच वान बी भिसामा कामदार प्रयोग गर्ने कम्पनीहरूको बचाउ गर्दै मस्कको स्वामित्वका रहेका कम्पनीहरू लगायत प्राविधिक कम्पनीहरू विदेशी कामदारमा निर्भर हुने तर्क गरेका छन्। तर उनीहरूको यो सन्देश ट्रम्पका ती समर्थकहरूलाई मन परेन जसले उनको प्रशासनबाट आप्रवासनलाई कडाइ गर्न र अमेरिकी श्रमिकलाई प्राथमिकता दिन अपेक्षा राखेका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विदेशी कामदार भिसामा पहुँच रोक्न कडा कदम उठाएका थिए । उनले एचवान बी कार्यक्रमलाई आलोचना गरेका थिए। तर, २०२४ को अभियानका क्रममा ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट स्नातक गरेका केही विदेशी कामदारलाई कानुनी मान्यता दिन सकिने संकेत गरेका थिए ।

बुधबारको सामाजिक सञ्जाल पोस्टमा मस्कले अमेरिकी प्राविधिक कम्पनीहरूले हालभन्दा दुई गुणा बढी इन्जिनियर आवश्यक पर्ने उल्लेख गर्दै यो कार्यक्रमको फाइदालाई विश्वभरबाट सर्वोत्कृष्ट प्रतिभा ल्याउनुपर्ने पेशेवर खेल टोलीसँग तुलना गरेका थिए ।

“यदि तपाईं आफ्नो टोलीलाई च्याम्पियनसिप जिताउन चाहनुहुन्छ भने, तपाईंले सर्वोत्कृष्ट प्रतिभालाई जहाँ भए पनि भर्ना गर्नुपर्छ। यसले सम्पूर्ण टोलीलाई जित्न सक्षम बनाउँछ,” मस्कले एक्समा लेखेका थिए ।

“म कानुनी आप्रवासनको माध्यमबाट इन्जिनियरिङ क्षेत्रको शीर्ष शुन्य दशमलव १ प्रतिशतको हाराहारीका प्रतिभालाई ल्याउनुपर्छ भन्ने तर्क गर्दैछु। यसले अमेरिका निरन्तर जित्नका लागि आवश्यक छ,” उनले बिहीबार अर्को पोस्टमा लेखे।

भारतबाट बसाई सरेका अभिभावकको पहिलो पुस्ताका अमेरिकी नागरिक रामास्वामीले मस्कसँग सहमति जनाउँदै बाहिरबाट कामदार ल्याउने कम्पनीहरूको बचाउ गरेका थिए । तर विदेशी कामदारप्रतिको समर्थनले ट्रम्पका समर्थकहरूबाट आक्रमण निम्त्याएको छ । ट्रम्प समर्थकहरुले एच वानबी कार्यक्रम विस्तारले आप्रवासनलाई सीमित गर्न खोज्ने आफ्नो चाहनामा बाधा पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । ट्रम्पका निष्ठावान समर्थकहरू दक्षिणपन्थी कार्यकर्ता लौरा लूमर, रूढिवादी विश्लेषक एन कूल्टर र पूर्व प्रतिनिधि म्याट गेएट्ज लगायतले मस्क र रामास्वामीको धारणाको आलोचना गरेका छन् ।

मस्क र रामास्वामीको धारणाले केही डेमोक्र्याटहरूबाट भने समर्थन पाएको छ। उनीहरूले यसलाई आंशिक रूपमा सही बुझेका कोलोराडोका गभर्नर जारेड पोलिसले बताएका छन् । उनले आप्रवासी उद्यमीहरूको मूल्यलाई पहिचान गरेकोमा मस्क र रामास्वामीको प्रशंसा गरेका छन् । तर अमेरिकाको कृषि र निर्माणजस्ता क्षेत्रहरूमा कम दक्षता भएका आप्रवासीहरूको भूमिकालाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

मस्क र रामास्वामीले विदेशी कामदार भिसाको समर्थन गरेपछि ट्रम्प समर्थकहरू आक्रोशित

एचवान बी भिसा कार्यक्रमले अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बनाइराख्न र व्यापार विस्तार गर्न सहयोग पुर्‍याउँछ, जसले अमेरिका भित्र थप रोजगारी सिर्जना गर्छ। यो कार्यक्रम प्राविधिक क्षेत्रसँग जोडिएको छ, जहाँ विशेष ज्ञान भएका कामदारको उच्च माग छ। मस्क आफैं विदेशी विद्यार्थीका रूपमा अमेरिका आएका थिए र पछि एचवानबी भिसामा काम गरेका थिए।

ट्रम्पले यसअघि एचवान बी भिसाको कडा आलोचना गरेका थिए। २०१६ म ट्रम्पले यस कार्यक्रमलाई अमेरिकी कामदारको सट्टा कम तलबमा विदेशी कामदार भित्र्याउन प्रयोग गरिएको आरोप लगाएका थिए। तर हालैको राष्ट्रपतीय अभियानमा ट्रम्पले उच्च दक्षता भएका विदेशी कामदारप्रति केही सहिष्णुता देखाएका छन्।





Source link

Leave a Comment