मस्कोमाथि युक्रेनी ड्रोन हमला : रूसी हवाई सुरक्षाद्वारा चार ड्रोन खसालिए, प्रमुख विमानस्थलमा उडान रोक



प्रकाशित मिति : असार २१, २०८२ शनिबार


शनिबार बिहान रूसी राजधानी मस्कोमा युक्रेनी ड्रोनहरू आक्रमणको प्रयास गर्दै गर्दा रूसी हवाई सुरक्षाले चारवटा ड्रोन खसालेको पुष्टि गरिएको छ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनले जानकारी दिएअनुसार, ती ड्रोनहरू मस्कोको दिशा तर्फ उडिरहेका थिए र ड्रोन खसालिएको स्थानमा आपतकालीन सेवाहरू परिचालित छन्। यद्यपि, उनले सम्भावित क्षति वा घाइतेको विवरण भने सार्वजनिक गरेका छैनन्।

रूसको रक्षा मन्त्रालयका अनुसार, शनिबार रातभरि मात्र ९४ वटा ड्रोन नष्ट गरिएको छ भने शनिबार बिहान थप ४५ ड्रोन रूसी आकाशमा खसालिएको छ। यो घटनालाई हालसम्मकै ठूलो ड्रोन हमला मध्येको रूपमा हेरिएको छ।

मस्कोमाथि युक्रेनी ड्रोन हमला : रूसी हवाई सुरक्षाद्वारा चार ड्रोन खसालिए, प्रमुख विमानस्थलमा उडान रोक

मस्कोमाथि युक्रेनी ड्रोन हमला : रूसी हवाई सुरक्षाद्वारा चार ड्रोन खसालिए, प्रमुख विमानस्थलमा उडान रोक

यस आक्रमणका कारण मस्कोको मुख्य विमानस्थल शेरेमेत्येभोमा केही समयका लागि सबै बाहिरिने उडानहरू रोकिएको थियो। रूसको नागरिक उड्डयन प्राधिकरण रोसावियात्सिया ले दिएको जानकारी अनुसार राजधानीको हवाई क्षेत्रमा लागू गरिएको प्रतिबन्ध र तीव्र हावाका कारण यो निर्णय गरिएको हो। रोक हटाइएको भए पनि यात्रुहरूलाई सतर्क रहन अपिल गरिएको छ।

सेन्ट पिटर्सबर्गको पुल्कोभो विमानस्थलसहित अन्य केही रूसी शहरका विमानस्थलहरूमा समेत सुरक्षा कारणवश अस्थायी रूपमा उडानहरू रोकिएको रोसावियात्सियाले जानकारी दिएको छ ।





Source link

Leave a Comment