मस्कको सरकारी दक्षता विभागलाई वित्तीय विवरणमा पहुँच दिन अदालतको अनुमति



प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

अमेरिकाको न्यूयोर्ककी न्यायाधीशले एलन मस्कको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकहरूको संवेदनशील वित्तीय विवरणमा पहुँच दिन अनुमति दिएकी छन ।
न्यायाधीश जनेट ए भार्गास ले एलन मस्कको सरकारी दक्षता विभाग (डज) माथि लगाइएको प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएकी हुन ।

अब एक डज कर्मचारीलाई अमेरिकी वित्त मन्त्रालयका संवेदनशील डाटा प्रणालीमा पहुँच दिनुपर्नेछ ।

डज का कर्मचारी रायन वुन्डरली ले यदि कर्मचारीहरूलाई दिइने तालिम पूरा गरे र आफ्नो आर्थिक विवरण बुझाए भने उनलाई भुक्तानी प्रणाली र व्यक्तिगत वित्तीय डाटा हेर्न अनुमति दिइने न्यायाधीश भार्गासले दिएको आदेशमा उल्लेख गरिएको छ ।

मस्कको सरकारी दक्षता विभागलाई वित्तीय विवरणमा पहुँच दिन अदालतको अनुमति

मस्कको सरकारी दक्षता विभागलाई वित्तीय विवरणमा पहुँच दिन अदालतको अनुमति

यो मुद्दा १९ वटा अमेरिकी राज्य का डेमोक्र्याटिक महान्यायाधिवक्ताहरूले गत महिना दायर गरेका थिए ।

उनीहरूले मस्कले गठन गरेको डज टोलीमा रहेका सदस्यहरू राजनीतिक नियुक्ति भएका आरोप लगाएका थिए ।

उनीहरूले समाज सुरक्षा नम्बर, बैंक खाता विवरण जस्ता संवेदनशील डाटामा पहुँच पाउनु गोपनीयताको उल्लंघन हो भनेर मुद्धा दर्ता गराएका थिए ।

न्यायाधीश भार्गासले यो प्रतिबन्ध दुई महिना अघि लगाएकी थिइन् । तर अहिले आवश्यक सुरक्षा उपायहरू पुरा गरेपछि डजका कर्मचारी वुन्डरलीलाई वित्तको भुक्तानी र डेटा प्रणाली मा पहुँच दिइन सकिने बताएकी हुन ।

डज एलन मस्कद्वारा स्थापित सरकारी खर्च कटौती र अकार्यक्षमता हटाउने उद्देश्य राखिएको एक सरकारी इकाई हो ।

मस्कको सरकारी दक्षता विभागलाई वित्तीय विवरणमा पहुँच दिन अदालतको अनुमति

डजले वित्त मन्त्रालयका अभिलेखहरू र अन्य सरकारी निकायहरू निरीक्षण गर्न थालेपछि आलोचकहरूले यसलाई गोपनीयता र शक्ति पृथकिकरणको उल्लंघन भनेका छन्।

तर मस्कका समर्थकहरूले डजलाई “सरकारी फजुल खर्च घटाउने साहसी कदम” भन्दै समर्थन गरेका छन् । यो निर्णयले डजलाई आंशिक सफलता दिलाएको छ ।





Source link

Leave a Comment