मन्दिरका घण्टीहरु सडकमा यत्रतत्र फेला


दैलेख सदरमुकाममा रहेको प्रसिद्ध वेलासपुर मन्दिरमा चढाइएको घण्टीहरु चोरी गरि लैजाने क्रममा सडकमा थुपारिएको अवस्थामा फेला परेको छ।

स्थानीयहरुले घण्टीहरु मन्दिरभन्दा एक सय मिटर तल सडकमा यत्रतत्र अवस्थामा फालेको अवस्थामा देखेपछि प्रहरीसहितको टोली पुगेको हो।

सडकमा यत्रतत्र घण्टीहरु।

श्रद्धालुहरूको आस्थामा आँच पुग्ने गरि श्रद्धालुहरू द्वारा चढाइएका घण्टीहरु चोरी गरि बेवारिसे अवस्थामा फाल्नु निन्दनीय र घृणित कार्य भएको वेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र शाहीले बताए।

‘स्थानीय र प्रहरीको सहयोगमा घण्टीहरु मन्दिरमा लगिएको छ।’ अध्यक्ष शाहीले भने, घण्ट चोर्नेहरूमाथि प्रहरीले अनुसन्धान गरी कारबाहीका लागि अपिल गर्दछौँ।’

मन्दिर व्यवस्थापनले मन्दिरमा रहेका सामाग्रीहरुको सुरक्षाको समेत माग गरेको छ। चोरी हुन थालेसँगै मन्दिर आसपास सिसी क्यामरा राख्नुपर्ने आवाज समेत उठेको छ।

मन्दिरका घण्टीहरु सडकमा यत्रतत्र फेला
 वेलासपुर मन्दिर।

चोरिएका घण्टीहरू पुराना ऐतिहासिक रहेको जनाइएको छ। वेलासपुर मन्दिरभित्र बटुक भैरवको पुजाअर्चना हुने गर्दछ। घण्टी फालिएको भन्दै जिल्लाभर सामाजिक सञ्चालनमा विरोध भएको छ।

प्रकाशित: ८ चैत्र २०८० २०:४४ बिहीबार





Source link

Leave a Comment