मनी सिंहको ‘अमेरिकन ड्रीम’ : ६ डलरबाट सुरु भएको यात्रा, अहिले करोडौं कमाउने कम्पनीका मालिक



प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार

मनी सिंहको ‘अमेरिकन ड्रीम’ : ६ डलरबाट सुरु भएको यात्रा, अहिले करोडौं कमाउने कम्पनीका मालिक

१९ वर्षको उमेरमा आधा संसार पार गरेर नयाँ देशमा पुग्नु कुनै सानो कुरा होइन। त्यसमा पनि भाषा, संस्कृति र जीवनशैली सबै अपरिचित । तर, भारतको पञ्जाबका मनी सिंहका लागि यही कठिन यात्रा जीवनको मोड बन्यो, जसले उनलाई एक उदास किशोरबाट अमेरिकामा बहु–व्यवसायी बनायो।

२००६ मा उनी १९ वर्षको थिए, जब उनले भारतको पञ्जाबबाट अमेरिकाको सान फ्रान्सिस्कोको बाटो समाते। नयाँ ठाउँमा पुगेर उनी मानसिक रूपमा डिप्रेसनमा परे। “त्यो पहिलो वर्ष म निकै उदास थिएँ। फर्किन मन थियो। सामाजिक रूपमा म बिल्कुल एक्लो थिएँ,” उनले सीएनबीसीसँग भने ।

तर, यही सङ्घर्ष नै उनको सफलता बन्न पुग्यो। सुरुवातमा प्रति घण्टा ६ डलर कमाउने सिंह अहिले वार्षिक २ मिलियन डलरभन्दा बढी आम्दानी गर्ने दुई सफल कम्पनीका मालिक बनेका छन्।

मनी सिंहको ‘अमेरिकन ड्रीम’ : ६ डलरबाट सुरु भएको यात्रा, अहिले करोडौं कमाउने कम्पनीका मालिक

मनी सिंहको ‘अमेरिकन ड्रीम’ : ६ डलरबाट सुरु भएको यात्रा, अहिले करोडौं कमाउने कम्पनीका मालिक

अमेरिका पुगेपछि सिंहले कलेज सुरु गरे । तर, भारतका उनका क्रेडिटहरू ट्रान्सफर नभएपछि पढाइ रोकियो। आमाको सुझावमा उनले काम सुरु गरे । पहिलो काम थियो, औषधि पसलमा । त्यसपछि काकाको क्याब कम्पनीमा डिस्प्याचरको रूपमा काम गरे । त्यति बेला उनको ज्याला मात्र ६ डलर प्रति घण्टा थियो।

एक दशकभन्दा बढी समय उनले ट्याक्सी व्यवसायमै बिताए। सुरुमा आफ्नै क्याब चलाए । पछि, पाँच वटा क्याबका मालिक बने । साथै, आफ्नै डिस्प्याच प्रणाली सुरु गरे। यही अनुभवबाट उनले ड्राइभर नेटवर्क (Driver’s Network) नामक प्लेटफर्म सुरु गरे, जुन पछि स्वतन्त्र ट्याक्सी चालकहरूका लागि विज्ञापन र मार्केटिङ प्लेटफर्म एटीसीएस प्लेटफर्म सोलुसन बन्यो ।

२०१९ मा सिंहले नयाँ चुनौती लिन निर्णय गरे। आमाको सलून व्यवसायबाट प्रेरित भएर उनले माउन्टेन भ्यूमा “Dandies Barbershop & Beard Stylist” सुरु गरे। उनले ट्याक्सी उद्योगबाट जम्मा गरेको ७५ हजार डलर लगानी गरे। तर त्यो सजिलो यात्रा थिएन । अनुमति र कागजी प्रक्रिया पूरा गर्न मात्र एक वर्ष लाग्यो। “दुकान खोल्नको लागि एक वर्षसम्म भाडा तिर्नुपर्‍यो, तर पसल खुल्न पाएन,” उनले सम्झिए।

त्योभन्दा बढी समस्या त तब आयो, जब कोभिड–१९ महामारी सुरु भयो। उनका साझेदारले पारिवारिक कारणले व्यवसाय छोडे । पसल करिब एक वर्षका लागि बन्द रह्यो।

तर, सिंहले हार मानेनन्। व्यवसाय टिकाइराख्न उनले ऋण लिए । साथीहरूसँग सापटी मागे । बीमाबाट पैसा निकालेर, क्रेडिट कार्ड ऋण बढाएर व्यवसाय चलाए। “मलाई सबै बेच्नुपर्‍यो। खाना खर्च घटाएँ। म दैनिक १ डलरमा खान्थेँ ताकि पसल खुला रहोस्,” उनले बताए।

मनी सिंहको ‘अमेरिकन ड्रीम’ : ६ डलरबाट सुरु भएको यात्रा, अहिले करोडौं कमाउने कम्पनीका मालिक

यसबीच उनले नाइँ तालिम पनि लिए, जसले पसल पुनः खुल्दा सेवा विस्तार गर्न सकियोस्।

कठिनाइको वर्षपछि उनको व्यवसायले उडान भर्‍यो। अहिले Dandies को तीन शाखा छन् भने २५ जनाले रोजगारी पाएका छन्। २०२३ मा Dandies नाफामा पुग्यो। गत वर्ष मात्र Dandies ले १ दशमलव ०७ मिलियन डलरको कारोबार गर्‍यो भने ATCS Platform Solutions ले १ दशमलव १८ मिलियन डलर आम्दानी गर्‍यो।

उनले सबै ऋण, जीवन बीमा र क्रेडिट कार्डको बक्यौता तिरेका छन्। अहिले उनी आफ्नो नयाँ प्रोजेक्ट “Barber’s Network” (नाईहरूका लागि बुकिङ एप) विकास गरिरहेका छन्।

सिंहका अनुसार उनको दृढता र अनुशासन पञ्जाबको कठिन बाल्यकालबाट आएको हो, जहाँ उनको परिवारले हिंसा र अस्थिरता भोगेको थियो।

आज पनि उनी दैनिक १५ देखि १६ घण्टा काम गर्छन्। “म कहिल्यै रिटायर हुने सोच्दिनँ। म अन्त्यसम्म काम गर्न चाहन्छु। यही मेरो सास हो,” उनले हाँस्दै भने। – द हिन्दुस्तान टाइम्सको सहयोगमा





Source link

Leave a Comment