मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव , सरकारको प्रतिकृया कस्तो आउला ?



प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन ।

समितिको बैठकमा उनीहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएका हुन ।

समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराउनुभएको छ ।

“बुटवल– नारायणगढ तथा तनहुँ– पोखरा सडकखण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरुलाई आवतजावतमा असज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौ,” उहाँले भन्नुभयो ।

समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधिन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो ।

समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनुअगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताउनुभयो ।

निर्माणधिन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरुको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरु प्रत्यक्ष रुपमा संलग्न रहनुपर्ने उहाँको भनाइ थियो ।

समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राख्नुभयो । सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव , सरकारको प्रतिकृया कस्तो आउला ?

सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो । सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।





Source link

Leave a Comment