मंगलबार झण्डै ५ लाखलाई देशनिकालाको संरक्षण र वर्क परमिटको घोषणा गर्दै बाइडेन



प्रकाशित मिति : असार ४, २०८१ सोमबार

मंगलबार झण्डै ५ लाखलाई देशनिकालाको संरक्षण र वर्क परमिटको घोषणा गर्दै बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एक व्यापक नयाँ नीति घोषणा गर्ने योजना बनाइरहेका छन् जसले झण्डै ५ लाखलाई देशनिकाला हुनबाट संरक्षण र वर्क परमिट प्रदान गर्नेछ । यो कार्यक्रमले अमेरिकी नागरिकहरूसँग विवाह गरेका झण्डै ५ लाख मानिसहरूलाई देशनिकालाको खतरा हटाउनेछ भने उनीहरुले परोल कार्यक्रममार्फत वर्क परमिट पनि प्राप्त गर्न सक्नेछन् ।

कम्तिमा १० वर्षदेखि अमेरिकामा बसिरहेकाहरुलेमात्र यो सुविधा प्राप्त गर्नेछन् । बाइडेनको कार्यकारी आदेशबाट सम्भावित लाभ उठाउने परिवारहरूमध्येका केही मंगलबार दिउँसो ह्वाइट हाउसको कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ ।

मंगलबार झण्डै ५ लाखलाई देशनिकालाको संरक्षण र वर्क परमिटको घोषणा गर्दै बाइडेन
ह्वाइट हाउस । फोटो: खसोखास

अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयदेखि कागजातविहीन रहेका आप्रवासीहरूलाई कानुनी स्टाटस उपलब्ध गराउने प्रमुख कदमबारे विचार गरिरहेका थिए । तर यो कार्यक्रम अन्तरगत भने अमेरिकी नागरिकसँग विवाह गरेका लामो समयदेखि कागजातविहीन रहेका आप्रवासीहरूमात्र योग्य हुनेछन् । यो कार्यक्रम संघीय सरकारको ओबामाकालिन डाका कार्यक्रम पछिको सबैभन्दा ठूलो राहत कार्यक्रममा परिणत हुन सक्छ।

बाइडेनले बाल्यकालमा अमेरिका आएकाहरुलाई पैदान गरिएको डाका कार्यक्रम अन्तर्गत यनीहरु भिसाका लागि योग्य हुने नीति समेत घोषणा गर्ने अपेक्षा गरिएको छ । उनीहरूले हाल प्राप्त गरेको अस्थायी वर्क परमिटको साटो भिसा प्राप्त गरेको खण्डमा उनीहरुका लागि थप राहत हुनेछ ।

राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो विषय आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।





Source link

Leave a Comment