भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने ट्रम्प प्रशासनको तयारी, १३०० कर्मचारीलाई बिदा दिइयो



प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकामा ट्रम्प प्रशासन संघीय सरकारी सञ्चार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने तयारीमा जुटेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारी सञ्चार संस्था भ्वाइस अफ अमेरिकालाई कमजोर बनाउनका लागि तयार गरिएको आदेशमा हस्ताक्षर गरेका छन् । जसमा भ्वाइस अफ अमेरिकालाई ‘एण्टी ट्रम्प’ र ‘र्याडिकल’ भन्ने आरोप लगाइएको छ।

आदेशले ‘ट्याक्सपेयरको पैसामा र्याडिकल प्रचारको लागि खर्च गर्न नपर्ने’ सुनिश्चित गरेको छ । भ्वाइस अफ अमेरिकाको मुख्य कार्य रेडियो सेवा हो ।

भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने ट्रम्प प्रशासनको तयारी, १३०० कर्मचारीलाई बिदा दिइयो

भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने ट्रम्प प्रशासनको तयारी, १३०० कर्मचारीलाई बिदा दिइयो

दोस्रो विश्वयुद्धको समयमा नाजी प्रचारको जवाफमा यसको स्थापना गरिएको थियो । यसका कार्यक्रम विश्वभरका करोडौं मानिसहरूले सुन्ने गर्छन्।

भ्वाइस अफ अमेरिकाका निर्देशक माइक एब्राहमोजले १ हजार ३०० कर्मचारीहरूलाई तलबसहितको बिदामा राखिएको बताए । उनी आफैलाई पनि बिदामा राखिएको छ ।

आदेशले भ्वाइस अफ अमेरिकालाई यसको ‘महत्वपूर्ण मिशन’ पूरा गर्न असमर्थ बनाएको एब्राहमोजले बताएका छन ।

अमेरिकाका विरोधीहरू इरान, चीन र रूसले झूटो सुचनाहरु फैलाउन र अमेरिकालाई बदनाम गर्न अरबौं डलर खर्च गरिरहेको बेला भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने तयारी गर्नु आफैमा हास्यस्पद रहेको उनले बताए ।

राष्ट्रपतिको आदेशले भ्वाइस अफ अमेरिकाको मातृ संस्था एजेन्सी फर ग्लोबल मिडिया लाई लक्षित गरेको छ । रेडियो फ्री युरोप र रेडियो फ्री एशियाजस्ता गैर नाफामूलक संस्थाहरूलाई यसले आर्थिक सहायता दिदै आएको छ ।

भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने ट्रम्प प्रशासनको तयारी, १३०० कर्मचारीलाई बिदा दिइयो

ट्रम्पका प्रमुख सल्लाहकार एलोन मस्कले आफ्नो सामाजिक मिडिया प्लेटफर्म X मार्फत भ्वाइस अफ अमेरिकालाई बन्द गर्नको लागि आह्वान गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफनो पहिलो कार्यकालमा पनि भ्वाइस अफ अमेरिकाको आलोचना गरेका थिए।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School