भ्यालेन्टाइन डेमा प्रस्तावदेखि गोप्य विवाहसम्म : अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज र हेयडनको प्रेम यात्रा



प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

भ्यालेन्टाइन डेमा प्रस्तावदेखि गोप्य विवाहसम्म : अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज र हेयडनको प्रेम यात्रा

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले शनिबार राजधानी क्यानबेरास्थित ‘द लज’ नामक सरकारी आवासमा जोडी हेयडनसँग गोप्य र आत्मीय समारोहमा विवाह गरेका छन्।

अस्ट्रेलियाली संघीय सरकारको १२४ वर्षको इतिहासमा कार्यकालमै विवाह गर्ने अल्बानीज पहिलो प्रधानमन्त्री बनेका छन्।

वैवाहिक समारोहमा करिब ६० जना अतिथिहरू उपस्थित भएका थिए । मिडियाहरुले विवाहबारे जानकारी समारोह सम्पन्न भएपछि मात्र थाहा पाएका थिए ।

विवाहपछि जारी विज्ञप्तिमा दम्पतीले भने, “हामी आफ्नो परिवार र नजिकका साथीहरूको बीचमा भविष्य सँगै बिताउने प्रतिवद्धता साझा गर्न पाउँदा अत्यन्त खुशीयाली अनुभव गर्दैछौँ।”

भ्यालेन्टाइन डेमा प्रस्तावदेखि गोप्य विवाहसम्म : अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज र हेयडनको प्रेम यात्रा

विवाहमा उनीहरूको कुकुर ‘टोटो’ले रिङ बोक्ने भूमिका निभाएको थियो भने ५ वर्षीया भतिजी ‘एला’ले फूल छर्कने भूमीका निभाइन् ।

६२ वर्षीय अल्बानीज, पहिले डिभोर्स भइसकेका र एक वयस्क छोराका पिता हुन्।

उनले गत वर्ष भ्यालेन्टाइन डेमा द लजमै ४६ वर्षीया हेयडनलाई विवाह प्रस्ताव गरेका थिए। सुरुमा उनीहरूले ठूलो समारोह गर्ने योजना बनाएका थिए । तर, आगामी निर्वाचनले गर्दा योजना परिवर्तन गरिएको थियो।

पार्टी रणनीतिकारहरूले जीवनयापन खर्च बढिरहेको समय भब्य विवाहले जनमतमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै विवाह चुनावपछि सारिएको थियो।

अन्ततः संसदको वार्षिक बैठक सकिएको दुई दिनपछि विवाह सम्पन्न भयो। वित्त क्षेत्रमै कार्यरत हेयडन र अल्बानीजको भेट २०२० मा मेलबर्नमा एक व्यवसायिक कार्यक्रममा भएको थियो।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment