भोलि बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी

भोलि बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी



प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार

buildings near body of water landscape photography

राष्ट्रिय मौषम सेवाले शुक्रबारका लापग न्युयोर्क सिटीमा वायु गुणस्तर चेतावनी जारी गरेको छ । न्युयोर्कको म्यानहटन, ब्रोंक्स, बु्रकलिन, क्वीन्स, रिचमण्ड, वेस्टचेस्टर र रकल्याण्ड लगायतका क्षेत्रको लागि बिहान ११ बजेदेखि राति ११ बजेसम्म अलर्ट जारी गरिएके छ । चेतावनीमा वायु गुणस्तर सूचकांक १०० भन्दा बढी हुन सक्ने चेतावनी दिइएको छ।

एयर क्वालिटी इन्डेक्स दैनिक हावाको गुणस्तर रिपोर्ट गर्न प्रयोग गरिन्छ। यसले तपाइँलाई हावा कति सफा वा प्रदूषित छ र त्यससँग सम्बन्धित स्वास्थ्य प्रभावहरू बारे बताउँछ । एयर क्वालिटी इन्डेक्स शुन्यदेखि ५ सय ​​सम्म चल्ने थर्मोमिटर जस्तै हो । नम्बर जति उच्च हुन्छ, वायु प्रदूषणको स्तर पनि उति बढी हुन्छ र स्वास्थ्य चिन्ता पनि बढ्छ।

१ सयभन्दा माथिको वायुको गुणस्तर संवेदनशील समूहहरूको लागि अस्वस्थ मानिन्छ । १५० देखि माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ भने २ सयदेखि माथि धेरै अस्वस्थ मानिन्छ । ३ सय भन्दा माथि खतरनाक मानिन्छ । सामान्यतया ५० भन्दा कमलाई राम्रो मानिन्छ । बिहिबार न्युयोर्क सिटीको हावाको गुणस्तर ५७ रहेको छ भने शुक्रबार विहान ११ बजेदेखि बिग्रदै जाने बताइएको छ ।

त्यसैले यदि तपाईं शुक्रबार घर बाहिर समय बिताउँदै हुनुहुन्छ भने सावधान हुनुहोला । दम जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू, सक्रिय बालबालिका र वयस्कहरूलाई बाहिर लामो वा भारी परिश्रम कम गर्न सल्लाह दिइएको छ ।

भू तहको ओजनका कारण समस्या भएको हो । तातो गर्मीका दिनहरूमा प्राय यस्तो समस्या हुन्छ। सवारी साधन र अन्य औद्योगिक उत्सर्जनले यसमा योगदान पुर्‍याउँछ। यो अन्य प्रकारका प्रदूषकहरू जस्तो देखिँदैन किनभने यो रंगहीन ग्यास हो । तर आकाश धमिलो बनाउन भने योगदान गर्दछ।

भोलि बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी
(एपी फोटो/सेठ वेनिग)

ओजोन भनेको स्मोग भनेर चिनिने वायु प्रदूषकहरूको मिश्रणको प्रमुख घटक हो जुन अटोमोबाइल निकास र अन्य स्रोतहरूबाट वायु प्रदूषकहरूमा सूर्यको प्रकाशको कार्यबाट उत्पन्न हुन्छ। ओजन स्तरहरू तातो, घमाइलो दिनहरूमा मध्यान्हदेखि साँझसम्म उच्च हुने सम्भावना हुन्छ।

भूतहको ओजन माथिल्लो वायुमण्डल ओजन जस्तै छैन । जमिनको ओजोन तह सामान्यतया रातमा घट्छ। न्यूयोर्कवासीहरूलाई शुक्रबार बाहिर निस्केको खण्डमा इलेक्ट्रोलाइटहरू मिसाइएको धेरै तरल पदार्थ पिउन सुझाव दिइएको छ । विशेष गरी वृद्धहरू, साना बालबालिकाहरू र पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरुलाई डिहाइड्रेशन हुनसक्छ । खराब हावाको गुणस्तरको कारण दमको आक्रमणको लागि महत्त्वपूर्ण जोखिममा रहेका बिरामीहरू र एम्फिसेमा भएका बिरामीहरूलाई मास्क लगाउन सुझाव दिइएको छ ।

ड्राइभिङको सट्टा मास ट्रान्जिट वा कारपुल प्रयोग गर्न, गाडीको यात्राहरू घटाएर इन्धन बचत गर्न, उत्सर्जन कम गर्न, अनावश्यक ठाउँहरूमा बत्तीहरू र विद्युतीय उपकरणहरू बन्द गर्न, हावा चलाउन फ्यानहरू प्रयोग गर्न तथा एसी आवश्यक भएमा थर्मोस्टेटहरू ७८ डिग्रीमा सेट गर्न, डिशवाशर, ड्रायर, पोखरी पम्प र वाटर हीटर जस्ता सामाग्रीहरु चलाउन कम गर्न तथा चलाउन परे ७ बजेपछि चलाउन, रेफ्रिजरेटर र फ्रीजरहरू अधिक कुशल तापक्रममा सेट गर्न, घरबाहिर आगो नबाल्न र चुरोट नसल्काउन समेत सुझाव दिइएको छ ।

भोलि बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School