भोलिदेखि खुल्दै डिभी लोटरी, भर्ने मितिबारे सरकारको फेडरल रजिष्ट्ररमै गम्भीर त्रुटी



प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

भोलिदेखि खुल्दै डिभी लोटरी, भर्ने मितिबारे सरकारको फेडरल रजिष्ट्ररमै गम्भीर त्रुटी

अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिस्टरमा डिभी लोटरी २०२६ का मार्गनिर्देशनहरू सहितको विस्तृत सुचना प्रकाशित गरेको छ। यो सूचनामा कार्यक्रमबारे जानकारी, भर्ने अवधि, योग्यताका मापदण्ड, छनौट प्रक्रिया, डिजिटल फोटो बुझाउने विधिबारे उल्लेख गरिनुका साथै बारम्बार सोधिने प्रश्नहरूको जवाफ समेत समावेश गरिएको छ । तर सुचनामा डिभी भर्ने अवधिबारे गम्भीर त्रुटी गरिएको छ ।

भोलिदेखि खुल्दै डिभी लोटरी, भर्ने मितिबारे सरकारको फेडरल रजिष्ट्ररमै गम्भीर त्रुटी
फेडरल रजिष्ट्ररमा प्रकाशित त्रुटीपूर्ण सुचनाको अंश

डिभी २०२६ भर्ने अवधि अक्टोबर २ बुधबारदेखि नोभेम्बर ५ मंगलबारसम्म भएतापनि फेडरल रजिस्टरमा प्रकाशित सुचनामा गतबर्षकै विवरण कपी पेष्ट गर्दा सन् २०२३ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्मलाई डिभी भर्ने अवधिका रुपमा उल्लेख गरिएको छ । आधिकारिक सुचना र नियमहरु प्रकाशित गर्ने फेडरल रजिष्ट्ररमा यसप्रकारको गम्भीर गल्ती हुनुले डिभी भर्न चाहनेहरु भने अलमलमा परेका छन् । यसबारे खसोखासले अमेरिकी विदेशमन्त्रालयको प्रतिकृया मागेको छ ।

डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।

डिभी २०२६ का विजेताहरुले सन् २०२६  को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

भोलिदेखि खुल्दै डिभी लोटरी, भर्ने मितिबारे सरकारको फेडरल रजिष्ट्ररमै गम्भीर त्रुटी

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

भोलिदेखि खुल्दै डिभी लोटरी, भर्ने मितिबारे सरकारको फेडरल रजिष्ट्ररमै गम्भीर त्रुटी

डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर २  देखि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।





Source link

Leave a Comment