भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच



प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार

भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच

भोलिदेखि अमेरिकाको आन्तरिक उडानमा रियल आईडी चाहिने भएको छ । तर रियल आईडी नहुनेहरुलाई पनि यात्रा गर्न भने दिइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमले बताएकी छिन् । रियल आईडी नहुनेहरुले पासपोर्ट लगायतका कागजात देखाएर यात्रा गर्न पाइने प्रावधान रहेपनि झण्डै ५१ प्रतिशत अमेरिकनहरुसँगमात्र पासपोर्ट रहेको छ । त्यसैले रियल आईडी र पासपोर्ट दुबै नहुने अमेरिकनहरुको संख्या समेत उल्लेख्य रहेको छ ।

यस्तो अवस्थामा रियल आईडी नहुनेहरुलाई यात्रा गर्न दिइएपनि उनीहरुले बुधबारदेखि अमेरिकी विमानस्थलहरूमा थप सुरक्षा जाँचको सामना गर्नुपर्नेछ । रियल आईडी नभएका मानिसहरूलाई अर्को लाइनमा डाइभर्ट गर्न सकिने जनाइएको छ । बुधबारदेखि अद्यावधिक गरिएको पहिचान प्रणाली लागू हुने भएकाले रियल आईडी बाहेकका राज्यबाट जारी परिचयपत्रहरु प्रणालीले पहिचान नगर्ने जनाइएको छ । त्यसैले रियल आईडी नहुनेहरुले थप जाँचको सामना गर्नुपर्ने हुन सक्छ।

रियल आईडी नहुने वा नबनाउनेहरुले अन्य प्रकारका कागजातका आधारमा समेत विमान चढ्न सक्छन् । अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल एन्ट्री, नेक्सस, सेन्ट्री, फास्टजस्ता ट्रस्टेड ट्राभलर कार्डहरू, अमेरिकी रक्षा मन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिङ कार्ड, संघीय मान्यता प्राप्त आदिवासी कार्डहरू, विदेशी सरकारद्वारा जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र, अमेरिकी वर्क परमिट लगायतका कार्डहरु आन्तरिक उडानका लागि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ । तर रियल आईडी नभएको खण्डमा पासपोर्ट लगायतका संघीय परियचपत्र नभएका अमेरिकनहरुले भने थप जाँचको सामना गर्नुपर्नेछ । किनभने अमेरिकी नागरिकतालाई यात्रा गर्दा परिचयपत्रका रुपमा स्वीकार गरिदैन ।

भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच

भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच

डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ८१ प्रतिशत यात्रुहरूसँग पहिले नै रियल आईडी वा तयसको आवश्यकताहरू पूरा गर्ने अन्य परिचयपत्रहरू रहेको जनाएको छ । मिशिगन, मिनेसोटा, न्यूयोर्क, भर्मन्ट वा वाशिंगटनका बासिन्दाहरूसँग परिष्कृत आईडीका आधारमा समेत यात्रा गर्न सक्छन् । परिष्कृत आईडीले मानिसहरूलाई अमेरिकामा घरेलु उडान गर्न तथा मेक्सिको र क्यानडामा स्थल र समुद्री सीमाबाट आवतजावत गर्न अनुमति दिन्छ । तर ती कुनै पनि देशमा हवाई यात्रा गर्न भने अनुमति दिँदैन।

भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच

सन् २००५ को मे ११ मा तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसले हस्ताक्षर गरेको रियल आईडी ऐन सुरुमा २००८ देखि पूर्णरुपमा लागु गर्ने योजना बनाइएको थियो । तर त्यसपछि डेडलाइन कैयनपटक विस्तार गरिएको थियो ।  पछिल्लोपटक कोरोना महामारीको कारण देखाउदै डेडलाइन विस्तार गरिएको थियो ।

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

भोलिदेखि अमेरिकाका विमानस्थलमा सुरक्षा जाँचमा अपडेट, रियल आईडी नहुनेलाई फरक लाइनमा थप जाँच

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुपर्छ । अप्वाइन्टमेन्ट लिइसकेपछि जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।





Source link

Leave a Comment