भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस



प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रुपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने बिन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ।

राष्ट्रसङ्घका महासचिब गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भने, “जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति श्रृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ । द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ।”

“भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ । हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नु हुँदैन,” उनले भने ।

गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मेसम्म सहायतामा पूर्णरूपमा नाकाबन्दी लगाएपछि स्थिति अझ खराब बनेको छ।

नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ ।

आइतबार इजरायलले संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि ‘रणनीतिक विराम’ सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण ‘खतरनाक स्तरमा’ पुगेको चेतावनी दिएको छ।

भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आईओएम)का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भनेका थिए, “सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो।”

सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’का कमाण्डर मोहम्मद हमदान डग्लोबीचको शक्ति सङ्घर्षका कारण सुडान टुक्रिएको छ ।

यस युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।





Source link

Leave a Comment