भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन



प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार

भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकाले भेनेजुएलामा आक्रमणको तयारी गरेको छ । तर यो आक्रमण प्रारम्भमा गुप्त रूपमा सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही सञ्चालन गर्न सीआईएलाई अनुमति दिएको पुष्टि गरेका छन् ।

पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागूपदार्थ बोकेको शंकास्पद पाँचवटा डुङ्गामाथि आक्रमण गर्दा २७ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूले यी कारबाहीहरूलाई “गैरन्यायिक हत्या” भनेर टिप्पणी गरेका छन् ।

भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन

भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले भेनेजुएलाको स्थलगत क्षेत्रमा पनि कारबाहीको तयारी गरिरहेको बताए ।

ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोमाथि दबाब बढाउँदै आएका छन् । अमेरिका र उसका सहयोगीहरूले विवादास्पद निर्वाचनपछि मादुरोलाई राष्ट्रपतिको रूपमा अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पको स्वीकृतिले सीआईएलाई भेनेजुएलामा स्वतन्त्र रूपमा वा सैन्य अभियानको भागको रूपमा कारबाही गर्ने अनुमति दिएको छ ।

सीआईएले त्यहाँ कारबाही सुरु गरेको छ वा छैन भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

भेनेजुएलाले आफ्ना जेलका कैदीहरूलाई अमेरिकामा पठाएको र त्यहाँबाट लागूपदार्थहरू समुद्री मार्ग हुँदै अमेरिका भित्रिरहेका कारण आक्रमण गर्न थालिएको ट्रम्पले बताए ।

भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन

केही दिनअघि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकैको डुङ्गामा आक्रमण गरेको थियो, जसमा ६ जनाको मृत्यु भएको थियो । तर अमेरिकी अधिकारीहरूले कुन संगठन संलग्न थियो वा मारिएका व्यक्तिहरू को थिए भन्ने खुलाएका छैनन् ।

मादुरोले त्यसको जवाफमा राजधानी काराकास नजिकै पेटारे र मिरान्डा राज्यमा सैन्य अभ्यास गर्न आदेश दिएका छन् ।

त्यहाँका गृहमन्त्री डियोसदादो काबेलोले अमेरिकी सरकार भेनेजुएलाको विशाल प्राकृतिक स्रोत लुट्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्प प्रशासनले हालै ८ युद्धपोत, एउटा आणविक शक्ति पनडुब्बी र लडाकु विमानहरू क्यारिबियनमा पठाएको छ । ह्वाइट हाउसका अनुसार यो कदम “लागूपदार्थ तस्करी नियन्त्रण” को प्रयासको हिस्सा हो ।

अमेरिकी अधिकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि “कार्टेल अफ द सन्स” नामक समूहको हिस्सा भएको आरोप लगाएका छन् । तर मादुरोले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।





Source link

Leave a Comment