भेनेजुएलाले अमेरिकामा रहेका कागजातविहिन आप्रवासीलाई फर्काउन सहमति जनाएको राष्ट्रपति ट्रम्पको भनाई



प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा रहेका कागजातविहिन आप्रवासीहरूलाई आफ्नो देश फर्काउन सहमति जनाएको बताएका छन । आफ्नो ट्रुथ सोसलमा पोस्ट गर्दै उनले यो जानकारी गराएका हु्न ।

यो घोषणा राष्ट्रपति निकोलस मादुरो र ट्रम्प प्रशासनका वरिष्ठ अधिकारी रिचर्ड ग्रेनेल बीचको बैठकपछि आएको हो । यो बैठकले भेनेजुएलामा बन्दी बनाइएका ६ अमेरिकी नागरिकलाई मुक्त गराउन सफल भएको थियो ।

भेनेजुएलाले अमेरिकी भूमिमा बसेका सबै भेनेजुएलाका कागजातविहिन आप्रवासीहरूलाई आफ्नो देश फर्काउन सहमति जनाएको छ, ट्रम्पले लेखेका छन ।

आफना नागरिक फर्काउन भेनेजुएलाले यातायातको व्यवस्था पनि गर्ने भएको राष्ट्रपति ट्रम्पले जानकारी दिए ।

भेनेजुएलाले भने यस बिषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । तर भेनेजुएला सरकारले आप्रवासनका बारेमा ग्रेनेल र मादुरो बीच छलफल भएको बताएको त्यहाँका सञ्चार माध्यमहरुले बताएका छन ।

आफनो दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले अमेरिकामा रहेका कागजातविहिन अप्रवासीहरुका बिरुद्ध कठोर नीति अपनाएका छन । अहिले अमेरिकामा दैनिक रुपमा कागजातविहिनहरुलाई पक्राउ गरी सम्वन्धित देश पठाउने काम भइरहेको छ ।

आफनो चुनावी सभाहरुमा रिपब्लिकन ट्रम्पले अमेरिकामा रहेको कागजातविहिन आप्रवासीहरुलाई देश निकाला गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School