भेनेजुएलामा ३ अमेरिकी नागरिक पक्राउ , आरोप यस्ता छन



प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार

भेनेजुएलामा ३ जना अमेरिकी नागरिक पक्राउ परेका छन । त्यहाँका अधिकारीहरुले तीन अमेरिकी , दुई स्पेनी र एक जना चेक गणतन्त्रका नागरिकलाई पक्राउ गरिएको बताएका छन । उनीहरुलाई भेनेजुएलालाई अस्थिर बनाउने षडयन्त्रमा पक्राउ गरिएको हो ।

आन्तरिक मन्त्री काबेलोले बनाए अनुसार उनीहरुबाट हतियार पनि बरामद भएको छ । हतियार बरामद गरिएकाले उनीहरु भेनेजुएलाका राष्टपति निकोलस मादुरो र अन्य शीर्ष व्यक्तिहरुलाई हत्या गर्ने योजना बनाएको मन्त्री काबेलोले बताउनु भयो ।

अमेरिकाले आफना नागरिकमाथी भेनेजुएलाले गलत आरोप लगाएर पक्राउ गरेको बताएको छ । भेनेजुएलामा जारी राजनैतिक संकटको समाधान लोकतान्त्रिक बिधि र प्रकृयाबाट हुने अमेरिकाको अपेक्षा छ ।

भेनेजुएका राष्ट्रपति मुदुरोलाई सत्ताच्यूत गर्ने कुनै योजना अमेरिकाको नरहेको अमेरिकाले बताएको छ ।

पक्राउ परेका स्पेनी नागरिकहरु त्यहाँको गुप्तचर संगठनहरुमा काम गर्ने गरेको भेनेजुएलाको सरकारले बताएको छ । तर स्पनी सरकारले भने ति व्यक्तिहरु गुप्तचर संगठनका कुनै एकाईमा कार्यरत नरहेको बताएको छ ।

सरकारसँग नजिक रहेको भेनेजुएलाको नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) ले जुलाईको राष्ट्रपति चुनावमा मदुरोलाई विजयी घोषणा गरेको थियो।

तर सीएनईले मादुरोको विजयलाई समर्थन गर्ने कुनै पनि विस्तृत मतदान संख्या प्रकाशित गरेको छैन।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School