भूमध्यसागर पार गर्ने क्रममा आप्रवासी ३ दिदीबहिनीको ज्यान गयो



प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार


भूमध्यसागर पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतक तीनै जना दिदीबहिनी हुन्। उनीहरू सुडानका नागरिक भएको अधिकारीहरूले बताएका छन्।

भूमध्यसागर हुँदै इटाली पुग्ने प्रयासमा रहेका सुडानका यी तीन दिदीबहिनीको मृत्यु भएको हो। एक जर्मन गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार भीडभाड भएको रबरको डुङ्गा खराब मौसमका कारण डुब्न थालेपछि उनीहरूको मृत्यु भएको थियो।

९, ११ र १७ वर्षका यी तीन बहिनीहरू युद्धग्रस्त सुडानका हुन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ देखि सुरु भएको तथ्याङ्कले भूमध्यसागर पार गर्ने क्रममा अहिलेसम्म ३० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको देखाउँछ।

भूमध्यसागर पार गर्ने क्रममा आप्रवासी ३ दिदीबहिनीको ज्यान गयो

भूमध्यसागर पार गर्ने क्रममा आप्रवासी ३ दिदीबहिनीको ज्यान गयो

स्वयमसेवकहरूले ६५ जना यात्रुलाई बचाएका थिए। तर तीन दिदीबहिनीको शव डुङ्गाको तल्लो भागमा पानी र इन्धनमा भेटिएको थियो भने अर्का एक जना अझै हराइरहेका छन्।

मृतक तीन बहिनीका आमा र भाइ भने जीवित भेटिएका छन्। उनीहरूलाई पछि इटालीको लाम्पेडुसा टापुमा पुर्याइएको छ। उद्धारकर्ताहरूले उक्त डुङ्गा पश्चिमी लिबियाको जुबाराबाट शुक्रबार प्रस्थान गरेको बताएका छन्।

उद्धारकर्ताहरूका अनुसार डुङ्गामा अत्यधिक भीडभाड थियो। आंशिक रूपमा क्षति भइसकेको डुङ्गा अँध्यारो रातमा करिब १.५ मिटर उचाइका छालहरूमा परेको थियो।

उद्धार गरिएकाहरूमा गर्भवती महिला र धेरै बालबालिका पनि थिए। चार जनालाई तत्काल उपचार आवश्यक भएकाले उनीहरूलाई इटालियन तटरक्षकको डुङ्गामा स्थानान्तरण गरिएको थियो। उद्धार भएकाहरू सुडान, माली, आइभरी कोस्ट, इथियोपिया र इरिट्रियाका रहेका थिए।

अर्को गैरसरकारी संस्थाले भूमध्यसागरमा भएको छुट्टै उद्धारमा ५० जना आप्रवासीलाई बचाएको बताएको छ। तर लिबियाली तटरक्षकले नियन्त्रणमा लिएको अर्को डुङ्गासम्म भने पुग्न नसकेको जनाएको छ।

भूमध्यसागर पार गर्ने क्रममा आप्रवासी ३ दिदीबहिनीको ज्यान गयो





Source link

Leave a Comment