भीरमौरीको थातथलो पछ्याउँदा …

भीरमौरीको थातथलो पछ्याउँदा …


गोरखाली मित्र सुरेश दवाडीको कल आयो- ‘सर, गाउँपालिकाले हनी हन्टिङ महोत्सवको तयारी गरेको छ, निम्तो छ है !’

उहाँको निमन्त्रणाले म भित्रभित्रै घोत्लिएँ। नेपालका भीरपहरामा शिकारीले हनी हन्टिङ गरेका दृश्यहरू मानसपटलमा खेल्न थाले। युट्युब र टेलिभिजनका डकुमेन्ट्रीमा झैं हनी हन्टिङका रिल दिमागमा घुम्न थाले। कहालीलाग्दो भीरमा डोरीमा झुन्डिएका मान्छे एकाएक स्मृतिपटमा आए। म भित्रभित्रै रोमाञ्चित भएँ। ती शिकारी मान्छेलाई नजिकबाट भेट्ने, भलाकुसारी गर्ने र भीरमौरीको गाथा सुन्ने इच्छा जागृत भयो।

हामी पृथ्वी राजमार्ग छोडेर उकालो र ग्रेड नमिलेका सडक हुँदै उत्तरी गोरखातिर लाग्यौं। विनाशपछि विकासको सम्भावना बोकेको जिल्ला हो, गोरखा। २०७२ सालको गोरखा भूकम्पको केन्द्र उत्तरी बारपाक चर्चाको केन्द्रमा थियो। पश्चिमी खण्ड भने खासै चर्चामा थिएन। भूकम्पको विनाश त त्यता पनि उस्तै थियो।

राजन भट्टराई

हामी पाँचजनाको टोली थियौं। हनी हन्टिङको गन्तव्य थियो गोरखाको पश्चिमी उत्तरी भूभागको ओलाङ गाउँ। अजिरकोट गाउँपालिकाभित्रको सानो गाउँ। पालुङटारको उकालोमा गाडी चढ्दै गर्दा पछाडिको सिटबाट सहयात्री वीरेन्द्र पराजुली सरको स्वर आयो– ‘ओलाङ गाउँलाई पर्यटन, उत्पादन र रोजगारीसँग जोडेर हनी हन्टिङको स्केच तयार गरिएको छ, सर।’

साँच्चै, नेपालका गाउँ रित्तिएका छन्। मान्छे दिनानुदिन बसाइँ सरेका छन्। गण्डकी प्रदेशका आठ जिल्लामा जनसंख्या घट्दै गएको छ। गोरखाको प्राकृतिक छटा हेर्दा यस्तो लाग्यो कि गाउँमा सम्भावना सकिएको होइन, नदेखिएको हो।

गाउँमा मान्छे अड्याउनुमा स्थानीय तहको नेतृत्व जागरूक हुनु आवश्यक छ। नयाँ–नयाँ विकासका योजना ल्याउनुपर्छ। त्यसैले गोरखाको अजिरकोट गाउँपालिकाले ओलाङ गाउँलाई कृषि, पर्यटन, उत्पादन र संस्कृति प्रवर्धनको एकीकृत विकास ढाँचा कोरेको रहेछ।

‘यो ठाउँ अजिरकोट हो’, ड्राइभर भाइ गोकर्णले भने। यताउता आँखा डुलाएँ मैले। डाँडामा सडकको दुईतिर फैलिएको बस्ती। भूकम्पपछि जुर्मुराउँदै गरेको शहर। उत्तरी हिमाल त्यति खुलेका थिएनन्। तर चिसो हावा चलेको थियो।

हामी अजिरकोट पुग्दा त गाउँपालिकाको टोली ओलाङ गाउँ पुगिसकेको रहेछ। यस्तैमा अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी सरको कल आयो– ‘सरको प्रतीक्षामा छौं।’

अजिरकोट गाउँपालिका भवनभन्दा करीब एकघण्टाको दूरीमा हनी हन्टिङ महोत्सव आयोजना भएको रहेछ। कहींकतै अलमल नगरी अघि बढ्यौं, हामी पाँच भाइ। चेपे नदी वारिपट्टिकै अन्तिम गाउँ ओलाङ पुग्नुथियो। बुद्ध हिमाल मुनिको गाउँ। मसँगै साथमा सुरण दाइ, ध्रुव दाइ, वीरेन्द्र सर र गोकर्ण भाइ। हाम्रो गाडी सिरानडाँडा हुँदै नम्कीतिर ओरालो लाग्यो।

तुवाँलोले खासै दृश्य देखिएको थिएन। भीरमौरीको थातथलो हेर्ने हुटहुटी उस्तै थियो। ‘सुगर र प्रेसरको बिरामीले भीरमौरीको मह खानुहुन्न नि !’ सुरण दाइतिर हेर्दै वीरेन्द्र सर बोलेको सुनियो। तर सुरण दाइको जवाफ सुनिएन। कम बोल्ने बानी छ उहाँको।

कच्ची सडक सुरू भएछ, सिरानडाँडाबाट। दुई धर्का कच्ची सडक फाटेका थिए, दूधपोखरी र ओलाङ गाउँतिर पुग्ने। हामी तल्लो बाटो झर्‍यौं। अलिक तल नम्की गाउँ पो आइपुगेछ। सानो गाउँ, छरिएका घर।

भीरमौरीका पहरा कन्दरा मात्र दिमागमा थियो मेरो। बाटोमा कोही मान्छे भेट्नासाथ सोधखोज गर्थ्यौं हामी– ‘हनी हन्टिङको भीर कता हो।’ भेटिएका मान्छेले भन्थे- ‘ओलाङ गाउँ कटेर जानुपर्छ। जुम्ले खोलाको भीरतिर।’

कोही महको स्वादमा रमेका थिए त कोही मादलको तालमा। गीतको ताल हो या महको तालमा पालैपालो झुम्न लागे। माहोल सांगीतिक थियो

तल फाँटतिर चेपेनदी देखियो। बौद्ध हिमालबाट उत्पत्ति भएको खोला हो, चेपेनदी। दूधपोखरीको पानी बगेर चेपेमा मिसिन्छ। जुम्ले खोला नि चेपेमा गएर नै टुङ्गिन्छ। मर्स्याङ्दीमा गएर विलय हुन्छ चेपेनदी। स्कुले जीवनतिर फर्कायो, चेपेनदीले। दुई दाजुभाइ नरहरि शाह र द्रव्य शाहबीच सिमाना विवाद भएपछि आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाई दुई भाइलाई सीमा छुट्याएको किंवदन्तीको स्मरण भयो।

चेपेपारि लमजुङको अन्तिम गाउँ देखियो, पात्ले। वारिपट्टि गोरखातिर ओलाङ गाउँ थियो। गोरखाको जुम्ले भीर पुग्नु थियो हामीलाई। भीरमौरीको थातथलो। पात्ले र ओलाङ गाउँभन्दा माथि दूधपोखरी प्रसिद्ध स्थल थियो। त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला रहेको छ। खोंच भए पनि मनोरम लाग्यो, गोरखाको भूगोल।

ओलाङ गाउँभन्दा अलि पर भीरपहरा देखिए। पारितिर लमजुङका कहालीलाग्दा भीर चकमन्न थिए। कतैकतै डडेलो लागेर धुँवा पुत्ताइरहेका थिए। गफको तालमा ओलाङ गाउँ कटेर हामी जुग्ले भीर तल पुग्यौं। ओलाङवासी पो भेला भएका थिए। हनी हन्टिङको महोत्सव स्थल त्यही थियो।

गाउँपालिकाको सिंगो टिम त्यहीं थियो। गाउँले त स्थानीय भेषभूषामा सजिएर भेला भइसकेका थिए। सुरेशजीले गाउँपालिकाका अध्यक्ष दिपक देवकोटा र उपाध्यक्ष अनिता भुजेललाई चिनाउनुभयो। सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी सहित गाउँलेको जमघट थियो।

हामी पुग्दा गाउँले नाचगानमै थिए। त्यहीं खानाको बन्दोबस्त मिलाइएको थियो। साहसिक कार्यलाई पर्यटन प्रवर्धनसँग जोड्ने योजना गाउँपालिकासँग थियो। मह शिकारीका लागि प्रयोग हुने आधुनिक उपकरणहरू पनि वितरण गरिएको थियो। गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेल भन्दै थिइन्- ‘भीरमा मह काढ्ने परम्परालाई उत्सवको रूपमा मनाउन ‘हनी हन्टिङ’ कार्यक्रमका रूपमा प्रोत्साहन गरेको हो। यो कार्यक्रमबाट पर्यटन प्रवर्धन गर्ने लक्ष्य छ।’

एक महिनादेखिको तयारी थियो, हनी हन्टिङको। भीरमौरीको मह निकाल्ने सीप त गाउँलेसँग थियो नै। परम्परागत सामग्रीको जोहो स्थानीयसँग छँदैथियो। तर गाउँपालिकाले सुरक्षा कवचका सामग्री (डोरी, भर्‍याङ, बाल्टी) को वितरण गरेको थियो। मह शिकारीले जुम्ले खोलाभन्दा माथि खस्रे भीर छनोट गरेका थिए, यस सिजनमा।

यसपालि अजिरकोट गाउँपालिका–२ ओलाङवासी ‘हनी हन्टिङ’ भन्दै प्रचारप्रसारमा लागे। पर्यटक आकर्षणका लागि जिल्ला बाहिर हल्लाखल्ला गर्न लागे। यस क्षेत्रमा भीरमौरीको मह काढ्ने सिजनलाई स्थानीयले उत्सवको रूपमा लिन्छन् । मह काढिसकेपछि दामासाही रूपमा मह भाग लगाउने चलन रहेछ गाउँमा।

यसपालि खस्रे भीरमा भीरमौरीको मह काढ्ने शिकारीको नेतृत्व गरेका थिए, ६५ वर्षीय गंगामान गुरुङ र ६४ वर्षीय इन्द्र गुरुङले। मह शिकारीसँग ४५ वर्षको अनुभव थियो। बाउबाजेले सिकाएको सीप थियो उनीहरूसँग। बुढापाका नै कस्सिए। गंगामान गुरुङ भन्दैथिए- ‘वसन्त ऋतुमा बेंसी र शरदमा लेकमा पुगेर भीर महको शिकार गरिन्छ।’ उनी मह शिकारका लागि गाउँमै नामुद शिकारी हुन्।

‘घाँस/दाउरा गर्न वनमा जाँदा कहाँकहाँ मौरीको गोला छ भन्ने रेकी गर्छौं, बाबुबाजेसँग मह काढ्न जाँदाजाँदै सिकारी बन्यौँ’ प्रेम भन्छन्, ‘पहिलेको तुलनामा अहिले मह उत्पादन घटेको छ ।’

केही वर्ष अघिसम्म स्थानीय निगालेको चोयाबाट डोरी बनाएर भर्‍याङ बनाउँथे । अहिले भने नाइनलको डोरीमा अँगेरीको काठ प्रयोग गरेर भर्‍याङ बनाउन थालेछन्।

युवा त विदेशिएकै छन् गाउँमा। तर धुवाँ लगाउने, डोरी तान्ने, कोक्रेको मह झिक्ने काममा युवा नै खटिएका थिए। गाउँले टोली करीब ८ जनाको थियो। बाहिरबाट सहयोग गर्ने समूह युवा र महिला नै थिए। चार जनाले एक टनको काठ र डोरीबाट बनाइएको भर्‍याङ बोके। कोहीले मह हाल्ने कोर्का (बेङ्गे) बोके। मह काढ्ने ‘टाङ्गो’ र बाल्टी सहित अन्य सामग्री बोकेर खस्रे भीरमा लागे।

नाइलनको डोरीमा अँगेरीको काठ हालेर भर्‍याङ बनाइएको रहेछ। गाउँलेले पहिले निगालोकै डोरी बनाइन्थ्यो तर आजभोलि नाइलनको डोरी प्रयोग गर्न लागेका थिए।

हाम्रो टोली पोखरा फर्किनु थियो। हतार–हतारमा नै थियौं हामी। सुरण दाइलाई मैले कर गरेर लगेको थिएँ। त्यति घुमफिरमा रूचि थिएन, दाइको। यसपालि हनी हन्टिङको रोमाञ्चकता र साहसिक दृश्यले दाइ पनि लोभिए।

जुम्ले खोला नजिकैको खस्रे भीर आसपास दर्जन बढी मौरीका गोला छन् । पहिले पहिले गाउँका मह शिकारी जम्मा हुन्थे र साइत हेरेर भीरतिर जान्थे। जंगल बीचमा रहेको पहरा नजिकै धूप बालेर देवीदेवता पुज्दै र वनदेवीलाई मन्साउँदै। तर यसपालि ‘हनी हन्टिङ’ लाई विशेष पर्व बनाएको थियो गाउँपालिकाले। करिब ५ सयदेखि २५ सय मिटर उचाइका भीरपहरामा भीरमौरीले घार बनाउँछ। ‘क्लिफ बी’ र ‘एपीस लाबोरियसा’ नामले चिनिने यस मौरीले ठूलो साइजको एउटै चाका तयार पार्दछ। भीरमौरी विश्वमै दुर्लभ र लोपोन्मुख सूचीमा पर्छ।

विशेष साइत जुरेको थियो आज। युवाहरू भीरको माथिपट्टिबाट डोरी र भर्‍याङ कस्न व्यस्त देखिए। महको चाकामुनि बसेर स्याउला बटुलेर आगो लगाउन थाले। धुवाँको मुस्लो देखियो। माहुरीको घारसम्म फैलियो। तुर्लुङ्ग झुन्डिएको भर्‍याङको सहारामा गंगामान माहुरीको घार नजिक पुगे। लामो लठ्ठीको सहारामा चाका निकाल्न थाले। कम्मरमा डोरी त बाँधेका थिए। तर खासै सुरक्षाकवच शरीरमा देखिएन।

उडेका माहुरीको टोकाइबाट बच्दै मह काढ्नु साहसिक कार्य त थियो नै जीउज्यानको जोखिम उत्तिकै थियो। एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँदै थिए भने भीरको तलपट्टि अर्को समूह मह थाप्दै थिए। वारिपारि हेरालु खटिएका थिए। सिंगो गाउँ नै महको शिकारमा खटिएको र उत्सवमा जुटेको थियो।

मह शिकार नयाँ पुस्ता र पर्यटकका लागि नौलो र आकर्षणको विषय थियो। बालबच्चा पनि देखिए। नयाँ पुस्ताका लागि पनि नौलो र आकर्षणको विषय थियो। विश्वमै विरलै हुने साहसिक काम थियो, मह शिकारीको। जोखिम उस्तै। निडर मह शिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै छन् भीरपहरामा।

पहिलेको तुलनामा महको उत्पादन मात्रा कम हुने गरेको देखियो। भीरमौरीको थातवास बदलिएको छ। गाउँमा बन्दै गरेका हाइड्रो देखिए। जथाभावी सडक खन्दा ढुंगामाटो भीरतिरै फाल्ने विकासे शैलीले भीरमौरीको थातवास पुरिएका छन्। ओलाङका भीरपहरामा मह उत्पादन कम हुँदै गएको इन्द्रबहादुर गुरूङले बताए। उनले भने- ‘पहिले त करीब पाँच सय लिटर पनि उत्पादन हुन्थ्यो। तर अहिले एक सय लिटर पुग्न पनि मुस्किल पर्छ।’ पुर्ख्यौली परम्परामा मग्न थिए गाउँले। भीर मह शिकारका लागि यसअघि स्थानीयहरू चेपे पारि लमजुङ समेत जाने गर्थे। तर गत वर्षबाट लमजुङले निषेध गरेको बताए।

करीब ९ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण बन्दै गरेको देखियो। गाउँमा विकास त भित्रियो तर रैथाने प्राणीको थातवास बदलिएको छ। अझै वनभरि डडेलोको प्रकोप नै छ। जथाभावी रूख ढलेका छन्। सडक खन्दा फालिएका माटोढुंगाले भीरपहरा पुरिएका छन्। भीरमौरीको बसाइँसराइ बदलिएको छ। भीरमौरीको संरक्षण सम्बन्धी विशेष अध्ययन–अनुसन्धान गर्नुपर्ने देखियो।

भीरमौरीको थातथलो पछ्याउँदा …

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाको चिन्ता थियो– ‘हाइड्रो र सडकका वातावरणीय अध्ययनका प्रतिवेदन कता थन्किएर बसेका छन्। इकोसिस्टम त पूरै ध्वस्त छ। तापनि लगानीकर्तालाई खासै चासो छैन, न नियमन गर्ने संस्थालाई।’

महका चाका बाल्टीमा हालेर शिकारीको टोली ओलाङ गाउँ फर्के। युद्ध विजेता झैं देखिए ती साहसी मान्छे। तालीको गड्गडाहटले स्वागत गरे। मह शिकारी नै कोही लठ्ठिएका त कोहीका पाइला धर्मराइरहेका थिए।

गाउँलेले बाल्टीबाटै चाका निकालेर मह चुस्न लागे। प्रत्येक व्यक्ति डाक्टर जस्तै बोल्दै थिए। भन्दै थिए, पालैपालो। कोही भन्दै थिए- ‘यो मह खाए पत्थरी झर्छ, घुँडा दुख्ने रोग चट्टै हुन्छ।’

कोही भन्दै थिए- ‘बल पनि आउँछ अनि छाला पनि चम्किलो बनाउँछ।’ यसै पनि मह कम्पाउन्ड मेडिसिन मानिन्छ।

महोत्सवमा आएकालाई स्वाद चखाउँदै थिए, गाउँलेले। प्रशोधन गरिएको थिएन। कोही चम्चाले बाल्टीबाट सीधै रस निकाल्दै थिए त कोही चाका चुस्दै थिए। बेफिक्री मग्न थिए, महको स्वादमा। ‘यसपालिको महमा लालीगुराँसको रस बढी छ। यसले लठ्याउने, मात लाग्ने र बेहोश समेत हुन्छ’ स्थानीय खगिसरा गुरूङले भनिन्।

हामी उनकै होटलमा भटमासको खाजा खाँदै थियौं। मलाई वडाअध्यक्षले साना दुई टुक्रा चाका ल्याएर दिए। खाँदा रसिलो लाग्यो, तिख्खर। हिमालयन वाइल्ड हनी वा मायड हनी अर्गानिक नाम। स्वादिलो थियो, रस भरिएको। यताउता हेरें मान्छे निष्फिक्री खाइरहेका थिए। कपाकप खाएँ मैले।

भीरमौरी पछ्याउँदै गएको त उल्टै ओछ्यानमा पुगें, म । एकोहोरो पोलिरहेकै थियो, छाती । बान्ता हुन खोज्दै थियो, भित्रभित्रै। उकुसमुकुस थिएँ, म। निस्सासिए जस्तै। तड्पिए झैं। रापिलो भइरहेको शरीर।

 ‘म त सुगर र प्रेसरको रोगी। धैरै खान्न है’ भन्दै साना दुई टुक्रा मात्र खाए सुरण दाइले। असाध्यै स्वास्थ्यप्रति सचेत छन्, दाइ।

कुर्सीमा बस्दै हामी गफिएका थियौं। प्रेमराज गुरूङ भन्दै थिए, ‘यो महको न व्यवस्थित ब्रान्डिङ छ न बजारीकरण।’ तैपनि गाउँलेलाई काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीरमौरीको मह पठाइदिन आग्रह गर्छन्। उत्पादन कम भएर होला, चिनजान र आफन्तले खपत गर्छन्।

गफिएकै बेला गाउँका दिदीबहिनी भेला भए। मादलको तालमा नाचगान चल्न थाल्यो। गाउँपालिका अध्यक्ष दीपक देवकोटा नाच्न थाले। अनि उपाध्यक्ष अनिता भुजेल पनि त्यही रमाइलोमा मिसिइन्। ‘नाचेर चुनाव जितेको हो’ भन्दै वडाअध्यक्ष पनि फनफनी घुम्न थाले।

कोही महको स्वादमा रमेका थिए त कोही मादलको तालमा। गीतको ताल हो या महको तालमा पालैपालो झुम्न लागे। माहोल सांगीतिक थियो।

हाम्रो टोली पोखरा फर्किनु थियो। हतार–हतारमा नै थियौं हामी। सुरण दाइलाई मैले कर गरेर लगेको थिएँ। त्यति घुमफिरमा रूचि थिएन, दाइको। यसपालि हनी हन्टिङको रोमाञ्चकता र साहसिक दृश्यले दाइ पनि लोभिए।

जुन कच्ची सडकबाट ओलाङ गाउँ पुगेका थियौं, त्यही बाटो सरासर फर्कंदै गरेका थियौं। गाडीको अघिको सिटमा म थिएँ। पछि सुरण दाइ सहितको हाम्रो टिम। वीरेन्द्र सरको व्याख्या सुनिरहेको थिएँ – ‘यो गाउँमा हाइड्रोको परियोजनाले सडक त खोलेछन् तर मान्छे र मौरीको रहनसहन बदलिएछन्। मान्छेले गाउँ छोड्दैछन्। भीरमौरीले थातथलो बदलेका रहेछन्। चरिचरनका जंगल विनाश भएका छन्।’

वीरेन्द्र सरको बोलीमा सुरण दाइले खासै वास्ता गरे झैं लागेन। न प्रत्युत्तर नै थियो। सायद सुरण दाइले भित्रभित्रै असहज अनुभूति गरेका थिए। छाती पोलिरहेको थियो, महले। छिनमै वान्ता गर्न थाले दाइले। गोकर्ण भाइले गाडी रोके। गाडी बाहिर निस्किए सुरण दाइ। वाक्वाकी भइरहेको थियो, एकोहोरो। मह त विष भएछ। लागेछ दाइलाई। उल्टी भएपछि निको भो भन्दै थिए।

एकछिनमै निको हुने ठहर गरें मैले। मनमनै घोत्लिएँ म। एकछिनको थच्च बसाइपछि फेरि गाडी चढ्यौं र सरासर अघि बढ्यौं। तर सुरण दाइलाई अलिक अप्ठ्यारो भइरहेको थियो। वाक्क र उक्क थियो। जति अगाडि बढ्थ्यो त्यति साह्रो पार्दै थियो।

नम्की माथिको चौतारो देखियो। सुरण दाइ फेरि गाडी बाहिर निस्के। म नि बाहिर निस्कें। उल्टै मलाई नि भारी भइरहेको थियो टाउको। सोचें मह त कडै लागेछ। रिङ्गटा लागे झैं भो। खुट्टा लर्बराइरहेका थिए मेरा। बोल्ने शब्दहरू अधमरा थिए। ‘ल सरलाई नि भेट्यो’ गोकर्ण भाइले भन्यो।

एकपछि अर्को गरी हामी बिरामी हुँदै थियौं। हामी पछिपछि अर्को गाडी देखियो। उपाध्यक्ष अनिता भुजेलको टीम थियो त्यसमा। उपाध्यक्ष भुजेल बोलेको सुने- ‘बाबुराम दाइलाई पनि गाह्रो भो।’ उनी वडाअध्यक्ष रहेछन् वडा नं. ३ कै। अरू पनि बिरामी परेको सुनाइन् उनले। स्थानीय बासिन्दा पनि महले बिरामी भएको सुनेर अलि मनमनै आश्वस्त भएँ म। स्वाभाविक जस्तो लाग्यो। कल्याङबल्याङ मान्छे बोलिरहेका थिए- ‘२४ घण्टामा उत्रिन्छ, महको विष।’

भित्र छाती पोलिरहेको थियो मेरो। दुखाइ कम्मरतिर पनि थियो। उल्टी होला जस्तो भइरहेको थियो, भएन। फनफनी रिङ्गटा चलिरहेको थियो। एकाएक उभिएर हिंड्न कठिन भो मलाई। साँच्चै, असह्य नै बनायो भीर महले ।

बेलुका १० बजे प्रहरी जाहेरीको म्यासेज आयो। समाचारको शीर्षक थियो- ‘भीरमौरीको मह खानेहरू बिरामी।’ समाचार पढेर न हाँस्नु न रूनु भएँ। मृत्यु जिते झैं गरेर सुरण दाइ र म मुखामुख गरिरह्यौं

मभन्दा पनि आलसतालसमा सुरण दाइलाई देखें। शरीर धानिएको थिएन दाइको। वीरेन्द्र सरले सम्हाल्नुभएको थियो। भित्रभित्रै छट्पटाहट थियो दाइको। दीर्घ बिरामी मान्छे।

सुरण दाइको रेखदेख वीरेन्द्र सरले गरेको देखें। निशब्द थिए सुरण दाइ। मेरो नि बोली धर्मराउँदै थियो। बेला बेलामा उक्क उक्क स्वर सुनिएको थियो दाइको। मेरा नि आँखा बटारिएका थिए। असाध्यै असहज भइरहेको थियो मलाई। एकातिर पिसाब लागे झैं त अर्कोतिर वाक्वाक होला जस्तै। भित्रभित्र असाध्यै रापिलो भइरहेको थियो।

आँखा वरपरको दृश्य कालो हुँदै गइरहेको थियो। भित्रभित्रै बेचैनीमा थिएँ म। दाइको खस्कँदो स्वास्थ्य स्थितिले हामी हतारियौं। गोकर्ण भाइले गाडीको स्पिड बढाइरहेको थियो। कच्ची बाटो फेरि उस्तै थियो।

प्रमुख प्रशासकीय अधिकृत नवराज सरको कल अयो- ‘सर, भच्चेकमा प्राथमिक स्वास्थ्य केन्द्रमा जानुहोला। स्वास्थ्यको टोली तयार छ, त्यहाँ।’ अलि सान्त्वना मिल्यो। गाडीको गति त रफ्तार थियो। मलाई मेरो भन्दा नि दीर्घ रोगी सुरण दाइको पीर। तलमाथि केही भइहाल्यो भने ! पापी मनको सोच। कताकता सोचमग्न भइरहें म। म नि निकै गलित भइसकेको थिएँ। कुनै तागत थिएन शरीरमा। पूरै लट्ठिए जस्तै। कम्पित थियो मेरो स्वर। तर दिमागले यी सबै मेसो पाइरहेको थियो।

भच्चेक स्वास्थ्य केन्द्रमा पुग्दा अर्ध बेहोसी थिए दाइ। म नि गाडीबाट झर्न सकिनँ। साथीहरूले झ्याइँकुटी हालेर सुरण दाइलाई बेडमा लगे। पछि मलाई। म त पूरै बेहोस भएछु। मात्र रूमानी उडानमा कल्याङबल्याङ स्वर सुनिएका थिए।

भीरमौरीको थातथलो पछ्याउँदा …

झल्याँस्स बिउँझें, म । नर्सले सलाइन पानीको तारतम्य गरेको देखें। नाडीबाट सलाइन नचढेर दुवै घोचिएका नाडी देखें । मेरो प्रेसर त ह्वात्तै घटेर ५० तिर झरेछ। रिङ्गटामै मच्चिरहेको थिएँ म। अन्य साथीहरू पनि बेडमा सुतिरहेका थिए। गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा भन्दै हुनुहुन्थ्यो, ‘सबै साथी बिरामी छन्, मह विषाक्त भएर हो। एकछिनमा निको हुन्छ, सर।’

भीरमौरी पछ्याउँदै गएको त उल्टै ओछ्यानमा पुगें, म । एकोहोरो पोलिरहेकै थियो, छाती । बान्ता हुन खोज्दै थियो, भित्रभित्रै। उकुसमुकुस थिएँ, म। निस्सासिए जस्तै। तड्पिए झैं। रापिलो भइरहेको शरीर।

त्यही बेला नुन ल्याएर दियो, कसैले। अलिकति खाएँ। बान्ता भो स्वाट्टै। अलिक हलुका जस्तो भयो। तैपनि पल्स र प्रेसर स्वाट्टै तलै थिए। डाक्टर बोलेको सुनें- ‘मेटासिट खाँदा जे लक्षण छ, त्यही छ सबै बिरामीमा।’

नर्स र डाक्टर यताउता गरिरहेका थिए। सुरण दाइको पल्स भेटिएन, अक्सिजन लेभल निकै तल छ। हल्लाखल्ला थियो, यताउता। शरीर चिसो हुँदै थियो, दाइको। देखें दुईतिरैबाट हिटर बालेर दाइको शरीर तताइरहेको। अक्सिजन तानिरहेका थिए दाइले। सलाइन तपतप चुहिरहेको थियो। वल्लो बेडमा म। पल्लो बेडमा सुरण दाइ। घरी अचेतमै त घरी इन्तु न चिन्तुमा ।

दाइको स्वाँस्वाँ आवाज आइरहेको थियो। तर पनि मन अत्तालिएकै थियो।

डाक्टर र नर्सको सेवाले मात्र होइन, मायाले हामी केही घण्टामा निको भयौं। केहीछिनमा दाइको स्वास्थ्यमा चामत्कारिक सुधार भयो। म त सहज नै थिएँ। दुर्गम ठाउँमा सेवामा खटिएका स्वास्थ्यकर्मीप्रति मन भावुक भएर आयो। उनीहरूको व्यवहार झल्झली मनमा खेल्न थाल्यो।

जीवनदान दिए स्वास्थ्यकर्मीले। पुनर्जन्म पाइयो। साधुवाद। पाँच बेड अस्पताल स्थापनाका लागि अजिरकोट गाउँपालिकाले गरेको सङ्घर्षका कथा देख्ने–बुझ्ने अवसर पाइयो।

बेलुका १० बजे प्रहरी जाहेरीको म्यासेज आयो। समाचारको शीर्षक थियो- ‘भीरमौरीको मह खानेहरू बिरामी।’ समाचार पढेर न हाँस्नु न रूनु भएँ। मृत्यु जिते झैं गरेर सुरण दाइ र म मुखामुख गरिरह्यौं।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School