भिसा बुलेटिन: अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीलाई खुशीको खबर

भिसा बुलेटिन: अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीलाई खुशीको खबर



प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

भिसा बुलेटिन: अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीलाई खुशीको खबर

सोमबार सार्वजनिक जुलाईको भिसा बुलेटिनले अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्तिहरुका लागि केही खुशीको खबर ल्याएको छ । अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति विगत १० महिनादेखि टसमस नभएकोमा जुलाईका लागि २ महिना सरेको छ ।

अब जुलाईमा १ नोभेम्बर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्तिहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ । उनीहरुले ग्रिनकार्ड कुरिरहँदा वर्क परमिट प्राप्त गर्न र ट्राभल डकुमेन्टमा यात्रा गर्न समेत पाउँछन् ।

भिसा बुलेटिन: अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीलाई खुशीको खबर

ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि गत अगस्तसम्म ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् ।

सामान्यता परिवारमा आधारित ग्रिनकार्डका लागि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइलिङ मितिलाई नै आधार मान्दै आएको छ । भिसा बुलेटिन सोमबारमात्र सार्वजनिक भएकाले युएससीआईएसले पनि छिट्टै आगामी महिनाका लागि ग्रिनकार्ड आवेदनका लागि फाइलिङ चार्ट प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School