भारतीय सेनाका कमाण्डरहरूलाई युद्धविराम उल्लंघनको बदला लिने पूर्ण अधिकार



प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार

भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पश्चिमी सीमामा तैनाथ सेना कमान्डरहरूलाई युद्धविराम र हवाई क्षेत्र उल्लङ्घनको जवाफी कारबाहीका लागि पूर्ण अधिकार प्रदान गरेका छन् । यो जानकारी भारतीय सेनाको प्रवक्ताले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत दिएका हुन् ।

प्रवक्ता (एडीजी पीआई)ले एक्समा लेखे, ‘१०-११ मे २०२५ को रातमा पश्चिमी सीमामा युद्धविराम र हवाई क्षेत्रको उल्लङ्घन भएपछि सेना प्रमुखले सुरक्षा स्थितिको गहन समीक्षा गरे।’

उनले थपे, ‘१० मे २०२५ मा डीजीएमओ वार्तामार्फत भएको सहमतिका कुनै पनि उल्लङ्घनमा कडा जवाफी कारबाही गर्न सेना कमान्डरहरूलाई पूर्ण स्वतन्त्रता दिइएको छ।’

भारतीय सेनाका कमाण्डरहरूलाई युद्धविराम उल्लंघनको बदला लिने पूर्ण अधिकार

भारतीय सेनाका कमाण्डरहरूलाई युद्धविराम उल्लंघनको बदला लिने पूर्ण अधिकार

यसअघि, भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार राति आयोजित प्रेस ब्रीफिङमा सम्झौताको निरन्तर उल्लङ्घन भइरहेको बताएका थिए। ‘हामीले गरेको सम्झौतालाई बारम्बार उल्लङ्घन गरिएको छ, जसले क्षेत्रीय स्थायित्वमा गम्भीर प्रश्न उठाएको छ’, मिस्रीले भने।

शनिबार भारत र पाकिस्तानले हप्तौंको तनाव र एकपछि अर्को आक्रमणपछि युद्धविराममा सहमत जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारत र पाकिस्तानले चौथो दिनको सैन्य आक्रमण र प्रतिआक्रमणपछि ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमति जनाएको घोषणा गरेका हुन् । उक्त युद्धविराम नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजेबाट लागू भएको छ।

तर, भारतको कश्मीरको श्रीनगर शहरमा शनिबार साँझ विस्फोटका आवाजहरू सुनिएका थिए । भारत र पाकिस्तानले युद्धविराममा सहमति जनाएको केही घण्टापछि श्रीनगर शहरमा विस्फोटका आवाजहरू सुनिएको जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जानकारी दिएका थिए ।





Source link

Leave a Comment