भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया



प्रकाशित मिति : जेष्ठ २, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पारस्परिक आधारमा अमेरिकालाई करिब शुन्य कर सम्झौताको प्रस्ताव गरेको बताएका छन् ।

दोहामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “उनीहरूले मूलतः हामीलाई कुनै अतिरिक्त शुल्क नलिने शर्तसहितको सम्झौताको प्रस्ताव गरेका छन् ।”

उनले एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई भारतमा उत्पादन विस्तार गर्नुको साटो अमेरिकामा उत्पादन बढाउन प्रोत्साहित गरेको पनि उल्लेख गरेका छन् ।

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

राष्ट्रपति ट्रम्पले भने, “हिजो टिम कुकसँग मेरो केही समस्या थियो । मैले उहाँलाई एक मित्रका रूपमा धेरै राम्रो व्यवहार गर्नेछु भनेको छु। तपाईं ५०० अर्ब डलर लिएर आउँदै हुनुहुन्छ भन्ने सुनेको थिए तर मैले थाहा पाए अनुसार अहिले तपाईं भारतभरि निर्माण गरिरहनुभएको छ भन्ने मैले सुनेको छु ।”

उनले भने, “तपाईं भारतमा निर्माण गर्नुस् भन्ने म चाहन्न । यदि तपाईं भारतमा ध्यान केन्द्रित गर्न चाहनुहुन्छ भने मेरो भन्नु केही छैन तर भारत विश्वको सबैभन्दा उच्च कर भएको देशहरूमध्ये एक हो, त्यसैले भारतमा बजार लिन धेरै गाह्रो हुनेछ।”

यसअघि एप्पलले अमेरिकी बजारका लागि तय गरिएका आइफोनको सबै उत्पादन भारतमा हस्तान्तरण गर्ने तयारी गरेको बताइएको थियो ।

भारतमा आफ्नो उत्पादन बढाउने एप्पलको निर्णय चीनबाट टाढा उत्पादन कार्यहरू विविधीकरण गर्ने उसको व्यापक लक्ष्यसँग मेल खान्छ।

यसैबीच भारतका वाणिज्यमन्त्री पियुष गोयल मे १६ मा अमेरिका जाँदै छन् र केही समयदेखि आधिकारिक स्तरमा जारी अग्रिम व्यापार वार्ता सुरु गर्ने भएका छन् ।

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत अप्रिलमा अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौता गर्ने प्रयासस्वरुप नयाँ दिल्लीको भ्रमण गरेका थिए ।

गत मे १२ मा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले भारत र पाकिस्तानबीच तत्काल युद्धविरामका लागि मध्यस्थता गर्न सहयोग गरेको दाबी गरेका थिए ।





Source link

Leave a Comment