भारतमा नरेन्द्र मोदीद्धारा प्रधानमन्त्रीका रुपमा लगातार तेश्रो कार्यकालका लागि सपथ , नेपालका प्रधानमन्त्री दाहाल पनि समारोहमा सहभागी

भारतमा नरेन्द्र मोदीद्धारा प्रधानमन्त्रीका रुपमा लगातार तेश्रो कार्यकालका लागि सपथ , नेपालका प्रधानमन्त्री दाहाल पनि समारोहमा सहभागी



प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

भारतीय जनता पार्टी भाजपा नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहणका लागि उपस्थित हुँदा प्रधानमन्त्री मोदीले सेतो कुर्ता, चुरीदार र निलो हाफ ज्याकेट लगाउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी छन् ।

उहाँसँगै मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा सपथ लिनुभएको छ ।

सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गर्नुभएको थियो ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि सपथ लिनुभएको छ ।

नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नुभएको थियो ।

अब २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनुभएको हो ।

भारतमा नरेन्द्र मोदीद्धारा प्रधानमन्त्रीका रुपमा लगातार तेश्रो कार्यकालका लागि सपथ , नेपालका प्रधानमन्त्री दाहाल पनि समारोहमा सहभागी

नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेको छैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School