भारतको कोलकातालाई ‘इण्डो–नेपाल टी–२०’ को उपाधि

भारतको कोलकातालाई ‘इण्डो–नेपाल टी–२०’ को उपाधि


चितवनको भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै कोलकाताले उपाधि जितेको हो।

कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ८ विकेटको क्षतिमा १८५ रन मात्र बनाउन सकेपछि कोलकाता ३ रनले विजयी हुन पुग्यो।

मधेसलाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो। क्रिजमा रहेका थिए अभिषेक तिवारी। अन्तिम ओभरको पहिलो बलमा तिवारीले कुनै रन जोड्न सकेनन्। दोस्रो बलमा पनि तिवारीले कुनै रन लिएनन् भने तेस्रो र चौथो बलमा छक्का, पाचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे।

तिवारीले अविजित ४९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे। विशाल सुसलिङ २२ बलमा ५० रनको अर्धशतकिय पारी खेले। उनले ६ छक्का प्रहार गरे। शाहिल पटेलले २९ बलमा ३६ रन बनाए।

कोलकाताका लागि सन्दीप गुप्ता ४ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिए भने सौरभ यादव र अभिषेक सिंहले समान २ विकेट लिए। विजय यादवको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता विकास चौधरीको अर्धशतकिय पारीमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। विकासले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६७ रन बनाए। सन्दीप गुप्ताले २८ बलमा ३९ रन बनाए भने रमन कदयनले २९ रन बनाए।

मधेस प्रदेशका लागि अभिषेक तिवारीले ४ ओभरमा २८ रन खर्चिँदै ४ विकेट लिए। विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले समान एक–एक विकेट लिए।

फाइनल खेलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए। विजेता र उपविजेता टिमलाई समापन समारोहकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले ट्रफी र मेडल वितरण गरेका थिए।

प्रकाशित: १७ चैत्र २०८० २१:०२ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School