भारतको केदारनाथबाट तीर्थयात्री बोकेर उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु



प्रकाशित मिति : असार १, २०८२ आईतबार


भारतको उत्तराखण्ड राज्यमा आइतबार एक हेलिकप्टर दुर्घटनामा परेको छ। हिन्दू तीर्थस्थल केदारनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनामा परी बालकसहित ७ जनाको ज्यान गएको भारतीय अधिकारीहरूले जनाएका छन्।

हेलिकप्टरमा चालकसहित ६ जना तीर्थयात्री सवार थिए। सबैको घटनास्थलमै मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले जानकारी दिए।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार टोली पठाइएको बताएका छन्। दुर्घटनाको कारण खराब मौसम हुनसक्ने अनुमान गरिएको छ, जिल्ला पर्यटन अधिकारी राहुल चौबेले जानकारी दिए।

भारतको केदारनाथबाट तीर्थयात्री बोकेर उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

भारतको केदारनाथबाट तीर्थयात्री बोकेर उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

केदारनाथ मन्दिर समुद्री सतहबाट ३,५८४ मिटर (११,७५९ फिट) उचाइमा अवस्थित छ, जहाँ गर्मीको मौसममा तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्छ।

पछिल्लो समय हिमाली तीर्थस्थल पुग्न गाह्रो मान्ने तीर्थयात्रीहरूका लागि हेलिकप्टर सेवा लोकप्रिय बन्दै गएको छ।

यसअघि पनि गत महिना सोही क्षेत्रको बाटोमा अर्को हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।





Source link

Leave a Comment