प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार
भारतको उत्तराखण्डको चमोलीमा हिँम पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ ।
हिउँको ग्लेशियर फुटपछि हिउँमा फसेका ५४ जनामध्ये ५० जनालाई बाहिर निकालिएको छ ।
चमोलीका जिल्ला अधिकृत संदीप तिवारीले ५० जनाको उद्धार गरिएको जानकारी दिएका हुन ।
हराएका ५४ मध्ये अरु ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि हिउँमा ५५ जना हराइरहेका बताइएको थियो ।
ति मध्ये १ जना कर्मचारी बिदामा बसेको पुष्टि भएपछि हराएकाको संख्या ५४ भएको हो ।
चमोलीका जिल्ला अधिकृत तिवारीले डाक्टरहरूले ४ जनाको मृत्युको पुष्टि गरेका बताएका छन ।
राज्य आपतकालिन प्रबन्धनका सचिव विनोद कुमार सुमनले उद्धार कार्यमा संलग्न सबै कर्मचारीहरुले निकै मेहनतसँग काम गरेको बताएका छन ।