प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार
पूर्व अमेरिकी अटर्नी अर्थात कानूनी परामर्शदाता मृत अवस्थामा फेला परेकी छिन । भर्जिनियाको पूर्वी जिल्ला अटर्नीको रूपमा कार्यरत जेसिका एबर मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन ।
उनलाई शनिबार बिहान एलेक्जेन्ड्रिया, भर्जिनियामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनी ४३ बर्षकी थिइन ।
एलेक्जेन्ड्रिया पुलिसका अनुसार शनिबार बिहान वाशिंगटन डी सी को उपनगर बेभरली ड्राइवमा रहेको घरमा मृत अवस्थामा फेला पारिएको हो । घटनाको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
जेसिका एबरले २०२१ अक्टोबरदेखि २०२५ जनवरीसम्म भर्जिनियाको पूर्वी जिल्ला अटर्नीको रूपमा काम गरेकी थिइन । उनको मृत्यु के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मृत्युको कारण र प्रक्रिया निर्धारण गर्न मुख्य मेडिकल परीक्षकको कार्यालयले अनुसन्धान गर्ने जनाएको छ। अधिकांश बाइडन प्रशासनको अवधिमा भर्जिनियामा एबरले अमेरिकी अटर्नीको रूपमा काम गरेकी थिइन ।
२०२१ अक्टोबरमा सिनेटबाट सर्वसम्मत रूपमा अनुमोदन भएपछि काम थालेकी एबरले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि २०२५ जनवरीमा पदबाट अवकाश लिएकी थिइन ।
अमेरिकी अटर्नीको रूपमा एबरले करिब ३०० अभियोजक र अन्य कर्मचारीहरूको टोलीको नेतृत्व गरेकी थिइन ।
उनले वित्तीय धोखाधडी, सार्वजनिक भ्रष्टाचार, हिंसात्मक अपराध र बाल यौन शोषण जस्ता मुद्दाहरूमा अभियोजन उनको नेतृत्वले गरेको थियो ।
अधिकारका लागि लड्ने जेसिका एबरको निधनले दुखित बनाएको भर्जिनिया राज्यका वर्तमान अमेरिकी अटर्नी एरिक सिबर्टले भनेका छन ।
उनका अनुसार एबर एक उत्कृष्ट नेता, मार्गदर्शक, र अभियोजक थिइन् ।