भर्जिनियाकी पूर्वी जिल्ला अटर्नी एबर मृत फेला, प्रहरीले अनुसन्धान गर्दै



प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

पूर्व अमेरिकी अटर्नी अर्थात कानूनी परामर्शदाता मृत अवस्थामा फेला परेकी छिन । भर्जिनियाको पूर्वी जिल्ला अटर्नीको रूपमा कार्यरत जेसिका एबर मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन ।

उनलाई शनिबार बिहान एलेक्जेन्ड्रिया, भर्जिनियामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनी ४३ बर्षकी थिइन ।

एलेक्जेन्ड्रिया पुलिसका अनुसार शनिबार बिहान वाशिंगटन डी सी को उपनगर बेभरली ड्राइवमा रहेको घरमा मृत अवस्थामा फेला पारिएको हो । घटनाको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

भर्जिनियाकी पूर्वी जिल्ला अटर्नी एबर मृत फेला, प्रहरीले अनुसन्धान गर्दै

भर्जिनियाकी पूर्वी जिल्ला अटर्नी एबर मृत फेला, प्रहरीले अनुसन्धान गर्दै

जेसिका एबरले २०२१ अक्टोबरदेखि २०२५ जनवरीसम्म भर्जिनियाको पूर्वी जिल्ला अटर्नीको रूपमा काम गरेकी थिइन । उनको मृत्यु के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मृत्युको कारण र प्रक्रिया निर्धारण गर्न मुख्य मेडिकल परीक्षकको कार्यालयले अनुसन्धान गर्ने जनाएको छ। अधिकांश बाइडन प्रशासनको अवधिमा भर्जिनियामा एबरले अमेरिकी अटर्नीको रूपमा काम गरेकी थिइन ।

२०२१ अक्टोबरमा सिनेटबाट सर्वसम्मत रूपमा अनुमोदन भएपछि काम थालेकी एबरले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि २०२५ जनवरीमा पदबाट अवकाश लिएकी थिइन ।

अमेरिकी अटर्नीको रूपमा एबरले करिब ३०० अभियोजक र अन्य कर्मचारीहरूको टोलीको नेतृत्व गरेकी थिइन ।

उनले वित्तीय धोखाधडी, सार्वजनिक भ्रष्टाचार, हिंसात्मक अपराध र बाल यौन शोषण जस्ता मुद्दाहरूमा अभियोजन उनको नेतृत्वले गरेको थियो ।

भर्जिनियाकी पूर्वी जिल्ला अटर्नी एबर मृत फेला, प्रहरीले अनुसन्धान गर्दै

अधिकारका लागि लड्ने जेसिका एबरको निधनले दुखित बनाएको भर्जिनिया राज्यका वर्तमान अमेरिकी अटर्नी एरिक सिबर्टले भनेका छन ।

उनका अनुसार एबर एक उत्कृष्ट नेता, मार्गदर्शक, र अभियोजक थिइन् ।





Source link

Leave a Comment