भन्सार युद्धको घडीमा अमेरिका-चीन संवाद, ‘रचनात्मक र व्यावहारिक’ छलफल



प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार


अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार मलेसियामा द्विपक्षीय बैठक सम्पन्न भएको छ। दुबै पक्षले उक्त बैठकलाई ‘सकारात्मक, व्यावहारिक र रचनात्मक’ भनेका छन्। एशियामा बढ्दो व्यापारिक र कूटनीतिक प्रतिस्पर्धाका बीच भएको यो वार्ता वैश्विक राजनीति र अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चीनबाट आयात हुने थुप्रै वस्तुहरूमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। सो निर्णयले एशियाका धेरै देशहरूमा आर्थिक प्रभाव पारेको छ। चीनले उक्त निर्णयको कडा विरोध जनाउँदै अमेरिका र सम्झौता गर्ने देशहरूमाथि सम्भावित बदला लिने चेतावनी दिँदै आएको छ।

पदभार ग्रहण गरेपछि विदेशमन्त्री मार्को रुबियोको यो पहिलो एशिया भ्रमण हो। उनले पूर्वी एसिया शिखर सम्मेलन र आसियान क्षेत्रीय मञ्चमा सहभागिता जनाउँदै अमेरिकाको एशियाप्रतिको प्रतिबद्धता प्रस्ट पारे। व्यापारिक विवादबीच अमेरिकाले एशियाली मुलुकहरूसँगको सम्बन्ध बलियो बनाउने संकेत दिएको छ।

भन्सार युद्धको घडीमा अमेरिका-चीन संवाद, ‘रचनात्मक र व्यावहारिक’ छलफल

भन्सार युद्धको घडीमा अमेरिका-चीन संवाद, ‘रचनात्मक र व्यावहारिक’ छलफल

दुबै नेताबीचको यो पहिलो प्रत्यक्ष भेट थियो। वार्तामा व्यापार, क्षेत्रीय सुरक्षा, आपूर्ति शृङ्खला र सम्भावित राष्ट्रपतिको भ्रमणबारे छलफल भएको बताइएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी भन्सार नीति ‘एकपक्षीय धम्कीपूर्ण व्यवहार’ भएको टिप्पणी गरेका थिए । रुबियोले केही क्षेत्रमा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै वार्तालाई ‘रचनात्मक’ भने।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीन भ्रमणको निम्तो दिइएको छ। दुबै देशले उपयुक्त मिति तय गर्ने तयारी गरिरहेको छ।

बैठकपछि अमेरिकी विदेशमन्त्री रुबियोले पत्रकारहरूलाई भने “हामी दुई ठूला र शक्तिशाली देश हौं, असहमति स्वाभाविक हो। तर सहकार्यको सम्भावना पनि प्रचुर छ। यो भेटघाट अत्यन्तै सकारात्मक रह्यो।”

उनले थपे, “यो कुनै वार्ता होइन, तर दीर्घकालीन संवादको आधार तयार पार्ने प्रयास हो।”

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, “दुबै पक्षबीच भएको बैठक सकारात्मक, व्यावहारिक र रचनात्मक रह्यो। दुबै देशले आफ्ना नेताहरूले गरेका सहमति कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन्।”

भन्सार युद्धको घडीमा अमेरिका-चीन संवाद, ‘रचनात्मक र व्यावहारिक’ छलफल





Source link

Leave a Comment