ब्रुकलिन ब्रिजमा जहाज ठोक्किएको घटनाको अमेरिकी अधिकारीहरुले अनुसन्धान गर्ने



प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार

अमेरिकाको न्युयोर्कका अधिकारीहरूले मेक्सिकन जलयात्रा तालिम जहाज ब्रुकलिन ब्रिजमा ठोक्किएपछि भएको घटनाको अनुसन्धान सुरु गरेका छन्। शनिबार राति भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कम्तीमा १९ जना घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, उक्त दुर्घटना जहाजले पावर गुमाएको कारण भएको प्रहरीको भनाइ छ। भिडियोहरूमा जहाजका तीन अग्ला मस्तुलहरू भाँचिँदै गरेको देखिन्छ । जसलाई किनाराबाट मानिसहरूले त्रसित भएर हेरेका थिए।

जहाज कसरी ब्रिजतर्फ गयो भन्ने अझै स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि, ब्रुकलिन ब्रिजमा कुनै क्षति नपुगेको बताइएको छ । शनिबार राति नै ट्राफिकका लागि पुनः खोलिएको पुष्टि गरिएको छ।

ब्रुकलिन ब्रिजमा जहाज ठोक्किएको घटनाको अमेरिकी अधिकारीहरुले अनुसन्धान गर्ने

ब्रुकलिन ब्रिजमा जहाज ठोक्किएको घटनाको अमेरिकी अधिकारीहरुले अनुसन्धान गर्ने

न्युयोर्कको यातायात विभागका अनुसार, ‘कुआउटेमा’नामक उक्त जहाजको मस्तुलको उचाइ १५८ फिट थियो । जबकि ब्रुकलिन ब्रिजको केन्द्र भागमा क्लियरन्स १३५ फिट मात्र थियो।

दमकल विभागका अनुसार, उद्धारकर्ताहरूले जहाजबाट कम्तीमा २७ जनालाई उपचारका लागि लैजानस परेको थियो । जहाजमा रहेका सबै २७७ जनाको स्थिति पुष्टि गरिएको छ।

जहाजका तीनै मस्तुल नष्ट भएका छन् । हाल सो जहाजलाई नजिकको घाटमा राखेर अनुसन्धान भइरहेको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ले अनुसन्धानमा सहयोग गर्न टोली पठाएको छ।

यो अनुसन्धान अमेरिका र मेक्सिको सरकारहरूको सहकार्यमा भइरहेको छ। मेक्सिकोका नौसेनाका सचिव रायमुन्डो पेद्रो मोरालेस आङ्गेलेसले विज्ञप्ति जारी गर्दै अनुसन्धानको नतिजा ूपूर्ण पारदर्शिता र जिम्मेवारीका साथ सार्वजनिक गरिनेू बताएका छन्।

ूकुआउटेमाू नामक यो जहाज अप्रिल ६ मा मेक्सिकोको अकापुल्कोबाट निस्केको थियो । जसको यात्रामा न्यूयोर्क र जुलाई महिनामा स्कटल्याण्डको एबर्डिनमा आयोजना हुने टल शिप्स रेस पनि समावेश छ।

ब्रुकलिन ब्रिजमा जहाज ठोक्किएको घटनाको अमेरिकी अधिकारीहरुले अनुसन्धान गर्ने





Source link

Leave a Comment