बोधिचित्त काट्नेदेखि दम्पती हत्यासम्म, काभ्रेका ३ अपराध अनुसन्धानमा प्रहरीलाई सकस

बोधिचित्त काट्नेदेखि दम्पती हत्यासम्म, काभ्रेका ३ अपराध अनुसन्धानमा प्रहरीलाई सकस


१४ जेठ, काठमाडौं । काभ्रेमा पछिल्लो डेढ महिना अवधिमा भएका तीन ठूला अपराधका घटनाको अनुसन्धानमा प्रहरीलाई हम्मेहम्मे परेको छ । गाउँको प्रहरी चौकीदेखि अनुसन्धानको विशिष्टकृत एकाइ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन हुँदासमेत यी घटनाको नजिक पुग्न सकेको छैन ।

काभ्रेमा २९ चैत २०८० देखि ९ जेठ २०८१ को अवधिमा बोधिचित्तको रुख काटिएको, एक व्यक्तिको जलाएको अवस्थामा शव फला परेको र दम्पत्ति हत्याको फरक फरक घटना भएको छ ।

यी तीनवटै घटना जिल्ला प्रहरी कार्यालय काभ्रेले पेन्डिङ क्राइम रेकर्डमा अभिलेख छन् । बोधिचित्तको रुख काटेको विषयमा अनुसन्धानका लागि तीन साताअघि काभ्रे पुगेको सीआईबी टोलीलाई एकसाथ तीन ठूला घटनाको अनुसन्धान अघि बढाउने जिम्मेवारी आइपरेको छ ।

बोधिचित्त कटान

रोशी गाउँपालिका–५ सीसाखानीस्थित ठकुरानी तामाङको घरको बोधिचित्तको रुख २९ चैतको राति काटिएको थियो । भर्खर फूल फुल्दै गरेको अवस्थाको रुख ८/१० जनाको हतियारधारी समूहले काटेको थियो । रुखधनीको घर वरपर सकेट बम समेत राखेर हतियारधारी समूहले रुख काटेको थियो ।

घटना भएको जानकारी पाएलगत्तै अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले अहिलेसम्म रुख कटानमा संलग्नहरूलाई पहिचान गर्न र पक्राउ गर्न सकेको छैन ।

त्यसपछि जिल्ला प्रहरीलाई सहयोग गर्न बागमती प्रदेश प्रहरी कार्यालय र सीआईबीको टोली पनि परिचालन भयो । सीआईबीले २३ वैशाखमा प्रहरी निरीक्षक सुनिल धोजुको नेतृत्वमा टोली पठाएको थियो ।

रुख काटिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखमुलबाट मानबहादुर तामाङलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जिम्मा लगाएको थियो । त्यसलगत्तै दुर्गालाल तामाङ र श्यामकृष्ण मैनाली पक्राउ परेका थिए ।

उनीहरू बाहेक अहिलेसम्म थप व्यक्ति पक्राउ नपरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । ‘८ जनाविरुद्ध किटानी जाहेरी आएको थियो । तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । बाँकीको खोजी जारी छ’, उनले भने ।

पक्राउ परेकाहरूलाई प्रहरीले संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । संगठितको कसुर भएकाले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने सुविधा प्रहरीलाई छ ।

अहिले हिरासतमा रहेका मानबहादुर तामाङले नै २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङ (ठकुरानीका छोरा) लाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्कोे साल खेल खत्तम) भनेको भेटिएको थियो ।

प्रहरीका अनुसार घरधनीले वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थिए । रुखको ठेक्का नपाउने पक्षले रुख काटेको आशंका प्रहरीलाई छ ।

रुखमा बाँधी जलाएर हत्या

पाँचखाल नगरपालिका–४ जिरो किलोमा रुखमा बाँधेर जलाइएको अवस्थामा २८ वैशाखमा एक पुरुषको शव भेटिएको थियो । जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरको बाहिरी भाग पूर्ण रुपमा जलेको, घाँटी र खुट्टामा तारले बाँधेको अवस्थामा शव भेटिएको थियो ।

१ जेठमा उक्त शव दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको थियो । ५४ वर्षीय सुवेदी १० दिन देखि वेपत्ता थिए ।

दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका उनी २३ वैशाखमा ललितपुरको टीकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएको परिवारको भनाइ थियो । मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक २४ वैशाखमा जिरो किलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केही दिन घर नफर्किने बताएको परिवारले प्रहरी समक्ष बताएका थिए ।

त्यसपछि सम्पर्कविहीन भएका उनी व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् । अन्ततः २८ वैशाखमा जिरो किलोमा उनको शव भेटिएको थियो । दोलखामा मेसिनरी सामानको पार्टपूर्जाहरूको पसल सञ्चालन गरेका सुवेदीको हत्या प्रकरण अझै रहस्यमय छ ।

बोधिचित्त रुख कटानको अनुसन्धान गरिरहेका बेला सुवेदीको शव भेटिएपछि सीआईबीले इन्सपेक्टर धोँजुलाई अनुसन्धानमा खटाएको छ । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार धोँजुको टोलीले प्राविधिक पाटोको अनुसन्धान गरेर स्थानीय प्रहरीलाई सहयोग गरिरहेको छ ।

यो हत्या प्रकरणबारे प्रहरीले औपचारिक रुपमा केही बोलेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी श्रेष्ठले भने, ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन् । अनुसन्धान प्रगतिउन्मुख छ । यहाँभन्दा बढी बोल्ने अवस्था अहिले छैन ।’

दम्पत्ती हत्या

९ जेठमा काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका थिए । जस्तापाताको छानो र जस्ताकै बार भएको घरमा उनीहरु मृत अवस्थामा भेटिएका थिए । बल दम्पतीले घरमै किराना पसल राखेका थिए । श्रीमान मानबहादुरको शव पसल रहेको कोठामा र श्रीमतीको शव भान्सा कोठामा फेला परेको थियो ।

९ गते दिउँसो महादेवटारकै स्थानीय ठाकुर पूजामा बल दम्पती नआएपछि स्थानीय बासिन्दा घरमा गएर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी फोक्सिङटार र इलाका प्रहरी कार्यालय देवीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

पछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली गएर घटनाको अनुसन्धान गरेको थियो । काभ्रेका डीएसपी श्रेष्ठले प्रारम्भिक अनुसन्धानका क्रममा बल दम्पतीको हत्या भएको देखिएको बताएका थिए । टाउकामा गह्रुंगो वस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ ।

बोधिचित्त रुख काटिएको बारे अनुसन्धान गर्न गएको सीआईबीको टोलीले सुवेदी हत्याको पनि अनुसन्धान गरिरहेका बेला बल दम्पती हत्याको घटना पनि अनुसन्धान गर्ने जिम्मेवारी आइपरेको छ ।

‘एउटा अनुसन्धानका लागि भनेर टोली पठाएको लगातार दुई ठूला हत्या भएपछि अहिले पनि काभ्रेमै रहेर अनुसन्धानलाई सहयोग गरिरहेको छ’, सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने ।

बल दम्पतीले मोबाइल नबोक्ने भएकाले प्राविधिक पाटोको अनुसन्धानबाट हत्यारा पत्ता लगाउन सकस परेको बोगटीको भनाइ छ । अहिलेसम्मको अनुसन्धानले हत्यामा संलग्न भएकाहरूले समेत मोबाइल बोकेको देखिदैन । जसकारण अनुसन्धान जटिल बनेको उनको भनाइ छ ।

किन सुल्झिएनन् तीन वटै केस ?

काभ्रेमा भएका दुबै हत्याका घटनामा मृतकले मोबाइल नबोकेकाले अनुसन्धानमा जटिलता देखिएको सीआईबीका अनुसधान अधिकृत पनि स्वीकार्छन् । मोबाइल बोकेको भए फोन कल, म्यासेज, वा कतिबेरसम्म अन थियो, लोकसशन कहाँ कहाँ देखिन्थ्यो जस्ता कुराले अनुसन्धानमा सहयोग गर्थ्यो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी श्रेष्ठ भने तीनवटै घटनाहरुलाई प्राथमिकतामा राखेर दिनरात प्रहरीले काम गरिरहेको बताउँछन् । ‘प्रहरीले यी तीन वटै घटनामा निकै मेहनत गरेको छ । सीआईबीसहितको सहयोगमा अनुसन्धान भइरहेको छ । जतिसक्दो चँडो केस टुंगो लाग्छ’, उनले भने ।

कुनै पनि अपराका घटनाको अनुसन्धान पूरा हुनु र नहुनुमा त्यो घटनाको उठान कसरी भएको छ भन्ने महत्वपूर्ण हुन्छ । घटनास्थल मुचुल्का तथा ‘क्राइम सिन प्रोटेक्सन’ गरिएको छ वा छैन भन्ने कुराले अनुसन्धानमा धेरै महत्व राख्ने नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन् ।

घटनास्थलमा पुग्ने प्रहरीको पहिलो काम नै क्राइम सिन सुरक्षित राख्नु हुन्छ । त्यसैले पलिो पटक घटनास्थलमा पुग्ने अनुभवी प्रहरी अधिकृतले मुचुल्का उठाउँदादेखि अनुसन्धानको क्लु पाइसकेका हुन्छन् । प्राविधिक र भौतिक सबुद प्रमाणले त्यसलाई थप पुष्टि गरेपछि आरोपीहरु कानूनी दायरामा आउँछन् ।

तर अपराधमा संलग्नहरू चलाख भएर प्रमाण लुकाएमा वा नयाँ प्रविधि प्रयोग गरेमा प्रहरीलाई अनुसन्धानका लागि समय लाग्ने देखिन्छ ।

‘काभ्रेको मात्रै नभएर समग्र केशहरुमा केन्द्रमा राखेर हेर्नुपर्छ । प्रहरीको मुख्य काम अपराध अनुसन्धान र नियन्त्रण भए पनि प्राथमिकतामा अन्य कामहरु राखिएकाले पनि घटनाहरु सुल्झन समय लागेको देखिन्छ’ उनले भने ।

अपराध अनुसन्धानमा खटिएका प्रहरीमाथि धमाधक कारबाही गरेकाले पछिल्लो समय अपराध अनुसन्धानमा दक्ष जनशक्ति आउन नसकेको मल्ल बताउँछन् । ‘कुनै रिस्क लिएर काम गर्न सक्ने अवस्थामा अहिले प्रहरी छैन । यसको प्रत्यक्ष असर अपराध अनुसन्धान देखिरहेको छ’, पूर्वडीआईजी मल्ल भन्छन् ।

काभ्रेको भएका यी तीनै अपराधको घटनाको लिड सीआईबीको तर्फबाट इन्सपेक्टर धोँजुले गरिरहेका छन् । उनै धोँजुको नेतृत्वमा गएको सीआईबीको टोलीले १० चैतमा भएको पर्वतका सूर्यबहादुर र कमला जिसी दम्पती हत्याका आरोपीलाई १८ वैशाखमा पक्राउ गर्न सफल भएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School