बेलायतले डुङ्गाबाट प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने



प्रकाशित मिति : असार २६, २०८२ बिहीबार


बेलायतले साना डुङ्गाबाट बेलायत प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने भएको छ । प्रधानमन्त्री कीयर स्टार्मरले यो नयाँ पाइलट योजना अर्को साताबाट सुरु हुने घोषणा गरेका हुन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंसँग तीन दिने राजकीय भ्रमणको अन्त्यमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै, स्टार्मरले यो योजना लागू भएसँगै साना डुङ्गाबाट बेलायत आउनेहरु रोकिने बताए ।

नयाँ योजनाअनुसार, साना डुङ्गाबाट बेलायत आउने केही आप्रवासीहरूलाई फ्रान्स फर्काइनेछ, र त्यसको सट्टामा बेलायतले बराबर संख्यामा फ्रान्सबाट सुरक्षा जाँचपछि शरणार्थीहरू स्वीकृत गर्नेछ ।

बेलायतले डुङ्गाबाट प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने

बेलायतले डुङ्गाबाट प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने

योजना अनुसार प्रति हप्ता ५० जना सम्म फर्काइने चर्चा भए पनि, प्रधानमन्त्री स्टार्मरले निश्चित संख्या पुष्टि गरेका छैनन् । उक्त सम्झौता सफल भए थप विस्तार गरिने बताइएको छ।

प्रधानमन्त्रीले मानव तस्करहरूको धन्दा तोड्ने प्रयासमा यो योजनाले मद्दत गर्ने बताए। “अवैध आप्रवासन एउटा विश्वव्यापी संकट हो, युरोपेली संघको समस्या हो, र हाम्रो दुई राष्ट्रको साझा चुनौती हो ” उनले भनेका छन ।

सन् २०१८ देखि हालसम्म १ लाख ७० हजार भन्दा बढी मानिस साना डुङ्गाबाट बेलायत प्रवेश गरिसकेका छन् । यस वर्ष २०२५ को पहिलो ६ महिनामै २० हजार भन्दा बढी बेलायत आइपुगेका छन्।

पाइलट योजना सुरुवातमा वयस्क आप्रवासीहरूमा केन्द्रित हुनेछ । फ्रान्समा बस्ने र बेलायतमा शरण खोज्ने इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् ।

मानव तस्करीबाट प्रभावित देशका नागरिक र बेलायतसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

बेलायतले डुङ्गाबाट प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने

राष्ट्रपति माक्रोंले यो योजनाले संख्यामा भन्दा पनि मानसिक प्रभाव पर्न सक्ने बताएका छन । उनले भनेका छन “ब्रेक्जिटले बेलायतलाई अवैध आप्रवासन रोक्न झन गाह्रो बनाएको छ ।

कीयर स्टार्मरले प्रधानमन्त्री बनेपछि रुवाण्डा योजना रद्द गर्दै अवैध आप्रवासन रोक्न ‘साझा प्रयास र नयाँ रणनीति’ आवश्यक रहेको बताएका थिए ।





Source link

Leave a Comment