बेलायतमा हराइरहेका नेपालीमूलका विद्यार्थी २० वर्षीय सुजल बराल मृत फेला



प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

बेलायतमा हराइरहेका नेपालीमूलका विद्यार्थी २० वर्षीय सुजल बराल मृत फेला

लन्डनमा अध्ययनरत नेपालीमूलका एक विद्यार्थी मृत भेटिएका छन् । युनिभर्सिटी अफ वेष्ट लन्डनमा ब्याचलर्स अध्ययनरत २० वर्षीय सुजल बराल ससेक्सस्थित बिचीहेड समुद्रछेउको क्लीफ (भीर) बाट तल करिब ५ सय मिटर खोचमा मृत भेटिएको जानकारी आएको उनको खोजीमा सक्रिय यती नेपाली एसोसिएसन यूके महासचिव टंक भट्टराईले जनाए ।

प्रहरीको अनुसन्धानपछि घट्नाको पूर्ण विवरण थाहा हुने भट्टराईले बताए । उनका बुवा देव बराल र आमा बबिता भारतको पन्जावमा बसोवास गर्छन् । सुजल भारतमा जन्मिएका हुन् तर बांकी परिवार नेपाल पूर्वमा छन् ।

भट्टराईले बताए अनुसार, ससेक्सबाट एक व्यक्तिले सामाजिक सञ्जालमा नम्बर पाएर बुधबार उनका मामाका छोरा आलोक लुईंटेललाई कल गरेका थिए ।कल आएपछि ससेक्स पुलिस र इण्डियन हाइ कमिसनसंग कुरा हुंदा ति निकायले मृत भेटिएको व्यक्ति सुजल भएको जानकारी दिए ।

ससेक्स पुलिस र इण्डियन हाइ कमिसनसंग समन्वय गरेपछि आलोक र यती सदस्य जेनिस गिरीले आज अस्पताल गएर सुजलको मृत शरीर पहिचान गरेका थिए । स्वर्गीय बराललाई रोजगारी समेत दिएका टंक भट्टराईले उनको शव आमा बाबुको चाहना बमोजिम भारतमै पठाउन इण्डियन हाइ कमिसनसंग समन्वय भइरहेको बताए ।

सुजल इंग्ल्याण्डको नर्थफ्लिटदेखि नर्थहोल्ट लन्डन कोठा आउने क्रममा गत २१ जुलाई अपरान्ह करिब ५ बजेदेखि सम्पर्कविहीन भएका थिए । सुजलले करिब ५ बजे आमासंग कुराकानी पनि गरेका थिए । राती १२ बजे वाट्सएपमा अनलाइन देखिएका उनी त्यसयता बेपत्ता थिए ।

करिब ५ फिट २ इन्च उचाईंका उनी खैरो हुडी, टोपी र जिन्स पहिरनमा थिए । सुजलको खोजीका लागि आफन्तजन र सामाजिक सञ्जालभर व्यापक अपिल गरिएको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School