बेलायतद्वारा युक्रेनलाई ४५० मिलियन पाउण्डको सैन्य सहायता घोषणा



प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

बेलायतले युक्रेनलाई थप ४५० मिलियन पाउण्ड बराबरको सैन्य सहायता उपलव्ध गराउने भएको छ ।

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सहयोग पुर्याउने उद्देश्यले बेलायत सरकारले थप ४५० मिलियन पाउण्ड बराबरको सैन्य सहायता घोषणा गरेको हो ।

बेलायत र जर्मनीले ब्रसेल्समा आयोजना गर्न लागिरहेको ५० राष्ट्रहरूको बैठकलाई मध्यनजर गर्दै यो सहायता घोषणा गरिएको हो ।

बेलायतद्वारा युक्रेनलाई ४५० मिलियन पाउण्डको सैन्य सहायता घोषणा

बेलायतद्वारा युक्रेनलाई ४५० मिलियन पाउण्डको सैन्य सहायता घोषणा

बेलायतका रक्षा मन्त्री जोन हेलीले राष्ट्रपति पुटिनमाथि दबाब सिर्जना गर्न र युक्रेनमाथिको आक्रमण अन्त्य गराउन बाध्य पार्न सहयोगको घोषणा गरिएको बताए ।

रूसी आक्रामकतालाई निरुत्साहित गर्न युक्रेनको रक्षा क्षमता बढाउन थप कदम चाल्नै पर्ने अवस्था आएको बेलायतको भनाइरहेको छ ।

सयौँ हजार ड्रोन, एन्टी ट्यांक बारुद तथा बेलायतले युक्रेनलाई पहिले नै दिएको सैन्य सवारीसाधनहरूको मर्मतका लागि यो रकम खर्च हुने बताइएको छ ।

करिब ३५० मिलियन पाउण्ड बेलायतले प्रदान गर्नेछ । बाँकी रकम नर्वेबाट बेलायत नेतृत्वको इन्टरनेशनल फन्ड फर युक्रेन मार्फत उपलव्ध हुने बताइएको छ ।

प्याकेजमा १६० मिलियन पाउण्ड विशेषगरी बेलायतबाट युक्रेनलाई दिइएका उपकरण र सवारीसाधनहरूको मर्मत तथा मर्मतसम्भारका लागि छुट्याइएको छ ।

बेलायतद्वारा युक्रेनलाई ४५० मिलियन पाउण्डको सैन्य सहायता घोषणा

साथै नजिकको युद्ध सहायता प्याकेज अन्तर्गत राडार प्रणाली, एन्टीट्यांक बारुद र सयौँ हजार ड्रोनहरूका लागि २५० मिलियन पाउण्ड भन्दा बढीको रकम छुट्याइएको छ।

रक्षामन्त्री हेलीले युक्रेनलाई बलियो स्थितिमा पुर्याउने युरोपेली समूहको काम अत्यन्त महत्वपूर्ण रहेको बताए । शान्तिलाई जोखिममा पार्न सक्दैनौं, त्यसैले यो ठूलो सहायता प्याकेजले युक्रेनी मोर्चालाई थप बलियो बनाउनेछ उनले भनेका छन ।

२०२५ युक्रेनका लागि निर्णायक वर्ष हो, हाम्रो जिम्मेवारी युक्रेनी लडाकुहरूलाई आवश्यक पर्ने हतियारहरू दिइनु पर्दछ भन्ने पनि हो उनले भनेका छन ।

यो फन्ड बेलायतद्वारा युक्रेनलाई गरिएको पछिल्लो सैन्य प्रतिवद्धताहरूको पछिल्लो कडी हो । गत महिना प्रधानमन्त्री कीर स्टार्मरले १.६ बिलियन पाउण्डको मिसाइल सम्झौता घोषणा गरेका थिए ।

यो घोषणा युरोपेली नेताहरूको लन्डन सम्मेलनपछि भएको थियो । फ्रिज गरिएका रूसी सम्पत्तिबाट प्राप्त मुनाफा प्रयोग गर्दै युक्रेनलाई थप सैन्य सहायता दिन २.२ बिलियन पाउण्डको ऋणसमेत घोषणा गरिएको थियो।

लिबरल डेमोक्र्याट्स पार्टीले भने यो सहायता सानोतिनो परिवर्तन मात्र भएको भन्दै बेलायतले रूसी सम्पत्ति जफत गरेर युक्रेनलाई थप सहायता दिनुपर्ने माग गरेको छ ।





Source link

Leave a Comment