बेलायतद्धारा एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा



प्रकाशित मिति : माघ २०, २०८१ आईतबार

यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले कानूनको घोषणा गरेको छ ।

‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ ।

बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरले बताए ।

किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ । यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ” उनले भनेका छन ।

एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ ।

नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूको लागि डिजाइन गरिएको वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ ।

हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School