बेलायतको हिथ्रो विमानस्थल आधुनिकीकरण गर्ने योजना सार्वजनिक, ४९ बिलियन पाउण्डको लागत अनुमान



प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार


बेलायतको हिथ्रो एयरपोर्टले ४९ बिलियन पाउण्डको लागतमा विमानस्थल विस्तार र आधुनिकीकरण गर्ने योजना सार्वजनिक गरेको छ ।

हिथ्रो एयरपोर्टका सीईओ थोमस वोल्डबाइले विमानस्थल अहिले पूर्ण क्षमतामा सञ्चालन भइरहेको हुँदा विस्तार “अत्यावश्यक” भएको बताएका छन् ।

उनले व्यापार र अन्तर्राष्ट्रिय पहुँचमा यसले नकारात्मक असर पारेको उल्लेख गरे। यो परियोजना निजी लगानीमार्फत सम्पन्न गरिनेछ।

बेलायती सरकारले तेस्रो रनवे निर्माणको समर्थन गरिसकेको छ । अर्थमन्त्री रेचल रीभ्सले यसले “ब्रिटेनलाई व्यापार गर्नका लागि विश्वकै उत्कृष्ट रूपमा जोडिएको देश” बनाउने दाबी गरेकी छन्।

तर, यस योजनाको वातावरणविद् समूह, राजनीतिक नेता र स्थानियवासीहरूले कडा विरोध गरेका छन् । लन्डनका मेयर सादिक खानले यसले “ध्वनि प्रदूषण, वायु प्रदूषण र जलवायु परिवर्तनसम्बन्धी लक्ष्यहरूमा गम्भीर असर पार्ने” बताएका छन्।

हिथ्रोले सरकारले प्रस्ताव बुझाउने समयसीमा सकिएको भोलिपल्ट आफ्नो योजना सार्वजनिक गरेको हो । कम्पनीको अनुमानमा १० वर्षभित्र यस योजना सम्पन्न हुनेछ ।

कन्फेडेरेसन अफ ब्रिटिश इन्डस्ट्री, फेडेरेसन अफ स्मल बिजनेस, मेकयूकेलगायत व्यवसायिक संगठनहरूले यो योजना “राष्ट्रिय भविष्यमा गरिएको लगानी” भन्दै स्वागत गरेका छन् ।

उनीहरूले भने, “निर्यातकर्ताहरूका लागि यो योजना नयाँ बजारको पहुँच दिन्छ, आगन्तुकहरूका लागि कनेक्टिभिटी सुधार गर्छ, र व्यवसायहरूका लागि निजी लगानी, रोजगारी र सीप विकासका ढोका खोल्छ।”

बेलायतको हिथ्रो विमानस्थल आधुनिकीकरण गर्ने योजना सार्वजनिक, ४९ बिलियन पाउण्डको लागत अनुमान

सीईओ वोल्डबाइले यो प्रस्ताव सन् २०५० सम्म नेट–शून्य उत्सर्जनको लक्ष्यअनुरूप तयार गरिएको बताए ।

साथै, हिथ्रो विश्वकै “सबैभन्दा बढी दिगो उड्डयन इन्धन” ९एसएएफ० प्रयोग गर्ने विमानस्थल भएको दाबी गरे । सरकारको स्वीकृति प्राप्त गर्न उत्सर्जन सीमा कानुनी रूपमा पालना गर्नुपर्ने बताए।

तर, हरित समूहहरूले यसको आलोचना गर्दै वातावरणीय तर्कहरूलाई “प्रचारमुखी” भनेका छन्।

हिथ्रोको योजनासँगै, अरोरा ग्रुपले एक वैकल्पिक प्रस्ताव सार्वजनिक गरेको छ । जसमा एम २५ मोड्न नपर्ने दाबी गरिएको छ ।

होटल व्यवसायी सुरेन्द्र अरोराको स्वामित्वमा रहेको यस समूहको योजना अनुसार २ हजार ८०० मिटर लामो रनवे र नयाँ टर्मिनल निर्माण गरिनेछ । लागत २५ अर्ब पाउण्ड भन्दा कम पर्ने दाबी गरिएको छ।

उक्त योजनाले सन् २०३५ सम्म नयाँ रनवे सञ्चालनमा ल्याउने, र नयाँ टर्मिनल २०३६ र २०४० मा दुई चरणमा खोल्ने योजना बनाएको छ ।





Source link

Leave a Comment