प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

बेलायतमा शरणार्थीहरू अर्थात आश्रय पाएका व्यक्तिले स्थायी बसोबासका लागि अब २० वर्ष कुर्नुपर्ने भएको छ।
आश्रय नीतिमा ठूलो परिवर्तन गर्दै बेलायतले आश्रय पाउने मानिसहरूले स्थायी बसोबासको लागि आवेदन दिन २० वर्षसम्म प्रतीक्षा गर्नुपर्ने व्यवस्था ल्याएको हो।
साना डुङ्गामार्फत हुने अनियमित समुद्री पार तथा बढ्दो शरणार्थी दाबीलाई कम गर्ने उद्देश्यले बेलायतले यो नीति कडा बनाएको हो।
अहिले आश्रय पाएका व्यक्तिलाई ५ वर्षको ‘रेफ्युजी स्टाटस’ दिइन्छ र त्यसपछि उनीहरूले स्थायी बसोबासका लागि आवेदन दिन सक्छन्।
अब सरकारले यो ५ वर्षको अवधि घटाएर २.५ वर्षमा सीमित गर्ने योजना बनाएको छ। यसपछि शरणार्थीहरूको स्थिति नियमित रूपमा पुनरावलोकन गरिनेछ।
पुनरावलोकनमा उनीहरूको मूल देश सुरक्षित ठहरिएमा घर फर्कन भनिनेछ। स्थायी बसोबासका लागि प्रतीक्षा: नयाँ नीतिअनुसार स्थायी रूपमा बस्न पाउन चाहनेले २० वर्षसम्म अस्थायी रूपमा बस्नुपर्नेछ।
यो नीति धेरै हदसम्म डेनमार्कको प्रणालीसँग मिल्दोजुल्दो छ। त्यहाँ शरणार्थीहरूलाई २ वर्षे अस्थायी अनुमति दिइन्छ र म्याद सकिँदा पुनः आश्रयको प्रक्रिया दोहोर्याउनुपर्छ।
कयौँ लेबर सांसदहरू यस कठोर नीतिसँग सहमत छैनन्। रिफ्युजी काउन्सिलका प्रमुख कार्यकारी एनभर सोलोमनले यस्तो नीतिले “युद्ध, यातना वा अत्याचारबाट ज्यान जोगाउन भागेकाहरूलाई रोक्न नसक्ने” टिप्पणी गरेका छन्। उनले यस योजनालाई “कडा र अनावश्यक” भनेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
